जुवाखाल बाटै अछाममा ९ जना जुवाडे पक्राउ

जुवाखाल बाटै अछाममा ९ जना जुवाडे पक्राउ

अछाम: अछाममा प्रहरीले ९ जना जुवाडेहरुला पक्राउ गरेको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ कागतोला निवासी बलबहादुर शाहीको बाझो घरमा जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्र.स.नि.धनन्जय रानाको कमाण्डमा- खटिएको १२ जनाको टोलीले जुवा खाल बाट ३६,१००।–सहित पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

पक्राउ पर्नेमा पञ्चदेवल बिनायक न.पा.३ निवासी बिनोद शाही, कृष्ण भक्त जैशी,रमेश शाही, पदम आउजी,शेर बहादुर आउजी , खकेन्द्र तिमिल्सेना, कृष्ण बुढा, हेमन्त शाही र तुल बहादुर बि.क. रहेका प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *