नेपाल रेडक्रस सोसाइटी सेफर नेपाल परियोजनाको संस्थागत क्षमता विश्लेषण अभ्यास कार्याशाला मंगलसेनमा सुरु

नेपाल रेडक्रस सोसाइटी सेफर नेपाल परियोजनाको संस्थागत क्षमता विश्लेषण अभ्यास कार्याशाला मंगलसेनमा सुरु

अछाम : नेपाल  रेडक्रस सोसाइटी सेफर नेपाल परियोजना द्वारा जिल्ला शाखाको संस्थागत क्षमता विश्लेषण अभ्यास कार्यशाला मंगलसेनमा सुरु भएको छ ।

कार्यशाला गोष्ठी नेपाल रेडक्रस सोसाइटी शाखा बाजुरा सभापति रत्न प्रसाद ढुंगानाको अध्यक्षतामा भएको थियो । गोष्ठीको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले रहनु भएको थियो । प्रमुख अतिथि पोखरेल बिपद बाट जोखिम रहेको अछाममा यस्ता खालका कार्यक्रम हरुले  ठूलो मधत पुग्ने बताउनुभयो । विभिन्न खालका प्राकृतिक प्रकोप बाट जोगिन यो परियोजना लागू गर्न पहल गरेकोमा नेपाल रेडक्रस सोसाइटी लाई धन्यवाद समेत दिनुभयो ।

सेफर नेपाल परियोजनाले अछामको मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकाका केही वडा हरुमा कार्यक्रम संचालन गर्नेछ ।
सेफर नेपाल परियोजना अन्तर्गत बिपद ब्यवस्थापन संग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने बताइएको छ ।

नेपाल रेडक्रसका बरिस्ठ अधिकृत नारायण लामिछाने ,नेपाल रेडक्रस सोसाइटीका परियोजना संयोजक भोजराज घिमिरे ,जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठक लगायत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पदाधिकारी र विभिन्न उपशाखाका सभापति हरुको सहभागीता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *