भुकम्प अपडेट : जाजरकाेट र रुकुम पश्चिम्ममा अहिलेसम्म १२८ जनाको ज्यान गयो

भुकम्प अपडेट : जाजरकाेट र रुकुम पश्चिम्ममा अहिलेसम्म १२८ जनाको ज्यान गयो

जाजरकोट :जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको सहित ९२ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिएका छन । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर रुकुम पश्चिममा  ३६ जना गरि हालसम्म कुल १ सय २८ जनाकाे मृत्यु भएको छ

रातिको समयमा भुकम्प गएकोले बिस्तृत बिवरण अझै आउने क्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *