अछाममा सुधार गृहमा रहेका कैदीबन्दीहरुका लागि दालमोठ उत्पादन सम्बन्धी तालिम सञ्चालन

अछाममा सुधार गृहमा रहेका कैदीबन्दीहरुका लागि दालमोठ उत्पादन सम्बन्धी तालिम सञ्चालन

अछाम : सुधार गृहमा रहेका कैदीबन्दीहरुका लागि आयोजना गरिएको १० दिने दालमोठ उत्पादन सम्बन्धी तालिम आजबाट मंगलसेनमा सुरु भएको छ । कारागार भित्र रहेका कैदीबन्दीहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उदेश्यले आयोजना गरिएको तालिमको शुक्रबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा संचालन भएको तालिममा कारागार भित्रका १५ जना कैदीहरु सहभागि हुनुभएको छ ।

कार्यालय प्रमुख भिम बहादुर सिंहको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले जान अञ्जानमा जेल सजाय भोगीरहेका नागरिकहरुले आगामी दिनमा आफ्नो जिबनलाई सहज र सरल बनाउन यस्ता सिप सिक्न आवश्यक रहेको बताउनुभयो ।

सिपले नै मान्छेलाई आत्म निर्भर स्वाभिमानी बनाउने भएकाले यो तालिमलाई अवसरको रुपमा लिएर सिप सिक्न आग्रह गर्नुभएको छ । मुलुकका सफल ब्यक्तिहरु पनि यस्तै कारागार भित्र बाट रचनात्मक कार्यहरु गरेर सफलताको बाटो अघि बढेको हुदा यही भित्र बाट पनि सिप सिकेर राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । कैदीहरु सधै दोसी नहुने भएकाले बाहिर गईसकेपछि मर्यादित नागरिक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग महासंघ सुदुरपश्चिम  प्रदेश अध्यक्ष नर बहादुर रावलले परिवारको लालन पालनका लागि सिप आवश्यक हुने भएकाले कारागार भित्र बसेर सिप सिक्नुपर्ने र त्यस्तो अवसर सरोकारवालाले प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सिप र क्षमता बिनाको नागरिक आर्थिक रुपमा सबल नहुने भएकाले सिप सिक्ने कुरामा कञ्जुसाई गर्न नहुने प्रदेश अध्यक्ष रावलको भनाई छ । कानुनले बन्देज गरेका कृयाकलापमा संग्लग्न भएकाले धेरै ब्यक्तिहरु सुधार गृहमा रहेको हुदा कारागार भित्र पनि राम्रो आचरण देखाएर सिप सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अछामका प्रहरी प्रमुख सन्तोस पाठक, राष्ट्रिय अनुसन्धान विभागका अछाम प्रमुख गोविन्द पाण्डे, पत्रकार टेक बहादुर थापा, सुशील भण्डारी लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय अछामका उद्यम विकास सहजकर्ता चेतराज पनेरुले गर्नुभएको सहायक कम्युटर अपरेटर जनक राज ढुंगानाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *