प्रधानमन्त्रीको सचिवालयले भन्यो- जसपाको टिप्पणी निन्दनीय छ

प्रधानमन्त्रीको सचिवालयले भन्यो- जसपाको टिप्पणी निन्दनीय छ

जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गरिएको टिप्पणीलाई उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाको टिप्पणी अशिष्ट र पूर्वाग्रही रहेको बताएका छन्। उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको थापाको भनाइ छ।

साउन २१ देखि २५ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी ओली शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *