नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको मागसहित अछाममा धर्ना

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको मागसहित अछाममा धर्ना

अछाम : मानव अधिकार तथा शान्ति समाज अछामले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ । कुशासन र दण्डहीनता विरुद्ध अभियान,नक्कली भूटानी शरणार्थी प्रकरणका मुख्य दोषीलाई कार्वाही गर भन्दै जिल्ला प्रशासन प्रशासन कार्यालयमा धर्ना दिएको छ । घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका केन्द्रीय सचिव मदन कुवरले बताए ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सर्कुलर अनुसार जेठ १५ गतेसम्म धर्ना कार्यक्रमलाई निरन्तरता दिने समाजका अछामका सभापति जयबहादुर बोगटीले बताए । दोषी जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *