लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक वर्गको महत्वपूर्ण भूमिका छ:प्रतिनिधिसभा सदस्य शाह 

लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक वर्गको महत्वपूर्ण भूमिका छ:प्रतिनिधिसभा सदस्य शाह 

नेपाल ट्रेड युनियन काँग्रेस अछामको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष चित्रराज बजगाइको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै शाहले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको बताउँदै श्रमिकको हकहित र समस्या समाधानमा नेपाली काङ्ग्रेस सदैव प्रतिबद्ध रहेको बताए । नेपाली काङ्ग्रेसको सङ्गठन सुदृढीकरणमा ट्रेड युनियनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीयस्तरमा संरचना विस्तारले श्रमिकको हकहित संरक्षण र पार्टीको आन्तरिक जीवन मजबुत बनाउने बताएका थिए । सो

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रदेश सभा सदस्य मानबहादुर रावलले  विभिन्न उद्योग धन्दा कलकारखानामा काम गर्ने मजदुरहरुले ज्याला नपाएको अबस्थामा सबै मजदुरको ज्याला दिने संस्था नेपाल ट्रेड युनियन कांग्रेस भएको बताएका छ्न।श्रमिकको समस्या र समाधानका लागि काङ्ग्रेस जहिले कटिबद्ध भएको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस उपसभापति नयाराम बजगाइ,महासमिति सदस्य बलबहादुर कुवर ,पदमराज अधिकारी ,भुमिशरण बजगाइ,अन्जु मल्ल,कमल बिक ,पार्टी सचीव प्रकाश साउद ,महाधिवेशन प्रतिनिधि बसन्ती बिष्ट ,लगायत नेताकार्यकर्ता हरुको उपस्तिथि रहेकोे थियो । ट्रेढ युनियनमा नेपाल शिक्षक सङ्घ, नेपाल ब्यूटिसियन सङ्घ, नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, नेपाल प्रेस युनियन, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल गृह श्रमिक सङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल नाइ सङ्घ, नेपाल पर्यटन होटल क्यासिनो सङ्घ, नेपाल इम्बोइडरी हेण्डिक्र्याफ्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ  लगायत  सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *