घरेलु हिंसा पीडितसंग घरदैलो कार्यक्रम संचालन गर्दै अछाम प्रहरी

घरेलु हिंसा पीडितसंग घरदैलो कार्यक्रम संचालन  गर्दै अछाम प्रहरी

जिल्ला प्रहरी कार्यालय अछामले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम संचालन गरेको छ ।

प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सुरुवात गरिएको नवप्रवर्तनीय अभियान संचालन गर्नेभएको हो । अहिले पनि समुदाय स्तरमा विभिन्न हिंसा सहेर बसिरहेका नागरिकहरु रहेकाले त्यस्ता नागरिकहरुलाई न्याय दिलाउन तथा कानुनको ढोका ढकढक्याउन जागरुक बनाउने उदेश्यले अभियान संचालन गर्न लागिको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । शनिवार मंगलसेनमा जिल्ला प्रहरी कार्यालय अछामले आयोजना गरेको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन सबैले हातमा हात मिलाएर सहयोग गर्न आग्रह गरिएको छ ।

अहिले पनि समुुदायमा सबैभन्दा बढि घरेलु हिंसाका घट्नाहरु घट्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नारायण डाँगीले बताउनुभयो ।
उनले भने समाजमा घरेलु हिंसा र लैंगिक हिंसाका घट्नाहरु      बढेकाछन् । त्यस्तै उहाँले घरदैलो कार्यक्रममा यसभन्दा अघि मिलापत्रको आधारमा टुंग्याईएका मुद्धाहरुको बारेमा समेत अनुगमन गरिने र नया घट्नाको बारेमा समेत सम्बन्धित ब्यक्तिहरुलाई जानकारी गराईने बताउनुभयो ।

सरोकारवालाले दिएको सुझावको आधारमा यो कार्यक्रमलाई परिमार्जित गर्दै अघि बढाईने भएकाले यस विषयमा रचनात्मक सुझाव दिन समेत आग्रह गर्नुभयो । राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव,परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् ।

जसको कारण  पछिल्लो समय घरेलु हिंसाका  कारण हुने घटनामा पीडित हुने महिलाहरूको सङ्ख्या उल्लेख्य छ । आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरू बाट महिलाहरू वन्चित भएको महिला अधिकारकर्मी बताउँछन । कार्यक्रममा अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागी, प्रहरी निरिक्षक कैलाश बिष्ट, राजेन्द्र साउद, आईपास नेपालका रमेश थापा, युएन एपिएका आस्था रिजाल, मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपाने, महिला अगुवा सरस्वती नेपाली लगायत जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले जिल्ला प्रहरी कार्यालय अछामले संचालन गर्ने यो कार्यक्रम निकै राम्रो भएको भन्दै प्रशंसा गरेका थिए । यस्ता सकारात्मक कार्यमा आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता समेत जनाएका थिए । जिल्ला प्रहरी कार्यालय अछामले संचालन गरेको उक्त कार्यक्रमले घरेलु हिंसा न्युनिकरणमा ठुलो टेवा पुग्ने समेत अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *