जिल्ला प्रहरी कार्यालय अछाम द्वारा जिल्लामा संचालित अटो रिक्साका चालकहरु संग अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय अछाम द्वारा जिल्लामा संचालित अटो रिक्साका चालकहरु संग अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय अछामले “समुदाय प्रहरी साझेदारी ´´ कार्यक्रम अन्तर्गत अछाम जिल्लामा संचालित अटो रिक्साका चालकहरु संग अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

जिल्लामा सडक दुर्घटना लाई न्यूनीकरण गरि सडक सुरक्षालाई प्रभावकारी बनाउनका लागी अछाम जिल्लाभर संचालनमा रहेका ६८ जना अटो रिक्साका चालक हरुबिच “समुदाय प्रहरी साझेदारी ´´ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मंगलसेन र इलाका प्रहरी कार्यालय साफेबगरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा अटो ब्यवसाय लाई सुरक्षित र भरपर्दो बनाउन ट्राफिक नियमको पालना कडाइका साथ गर्ने ,

स्थानीय पालिकाहरुमा बैशाख महिना भित्र अटो
रिक्सा दर्ता गरि ब्यवसायल संचालन गर्ने तथा अनिवार्य रूपमा जेठ महिना महिनाको मसान्तसम्म चालक अनुमति पत्र लिइ ब्यवसाय संचालन गर्ने लगायतका बिषयमा अटो चालक बाट प्रतिबद्धता व्यक्त भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाङिले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय अछामले  “समुदाय प्रहरी साझेदारी ´´ कार्यक्रम अन्तर्गत जिल्लामा विभिन्न किसिमका सामाजिक तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *