ट्रेड युनियन काङ्ग्रेस अछामद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ट्रेड युनियन काङ्ग्रेस अछामद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

टंक प्रसाद रिमाल ,अछाम :नेपाल ट्रेड युनियन कांग्रेस अछामको आयोजनामा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाराम बजगाइ प्रमुख अथिती रहनु  भएको  थियो।
कार्यक्रममा बोल्दै बजगाइले उचित पारिश्रमिक र सुरक्षा को ब्यवस्था भए मात्रै श्रमजीविहरुको रक्षा हुने बताउनुभयो ।  त्यस्तै उहाँले  ट्रेड युनियन काङ्ग्रेसको प्राप्त बलले पार्टीलाई थप मजबुत बनाइ राख्ने धारणा राख्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि अप्सरा कुवरले पार्टी र संगठन भित्र निरन्तर रुपमा खटिरहने कार्यकर्ता भन्दापनि

अवसरवादि बढी लाभान्वित हुने गरेकाले सहि मुल्यांकन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन अछाम का अध्यक्ष टंक प्रसाद रिमाल, ट्रेड युनियन काङ्ग्रेसमा आबद्ध प्रतिस्ठानका प्रमुख तथा प्रतिनिधि,पालिका स्तरिय प्रतिस्ठानका प्रमुख तथा प्रतिनिधि लगायतले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।कार्यक्रमको संचालन ट्रेड युनियन काङ्ग्रेस का उपाध्यक्ष नृप केसिले गर्नु भएको  थियो। बिस वटा प्रतिस्ठानहरु आबद्ध रहेको नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामको जिल्ला अधिबेशन यहि बैशाख ९ गते भब्य रुपमा हुने भएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *