नगर प्रमुख चलाउने द्वारा प्रसुति गृहकाे उद्घाटन

नगर प्रमुख चलाउने द्वारा प्रसुति गृहकाे उद्घाटन

चैत्र २३ अछाम । अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालीका वडा नम्बर ८ बारलाको विकट क्षेत्र बोरागाउमा प्रसुती गृहको नगर प्रमुख अम्बिका चलाउने द्दारा उद्घाटन गरिएको छ ।जिल्लाको पूर्वि क्षेत्र त्यसै पनि भौगोलीक हिसाबले विकट क्षेत्र मानिन्छ,। यसैमा वडा नम्बर ८ को बोरागाउँ नगरपालिकाको निकै नै  विकट ठाउँमा पर्छ । त्यस  ठाउँमा प्रसुती  गृह  सञ्चालन भएपछि स्थानिय वासिन्दाहरु एकदमै हर्षित भएका छन ।

पालिकाको विकट क्षेत्रका गर्भवती आमाहरुलाइ सहज स्वास्थ्य तथा प्रशुति सेवा उपलब्ध गराउने उदेश्यका साथ पञ्चदेवल विनायक नगरपालीकाले एक औपचारिक कार्यक्रमको आयोेजना गरी प्रसुति गृहको उद्घाटन गरेको छ । वडा नम्बर ८ बारलाका वडा अध्यक्ष छत्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख अम्बिका चालाउने रहनुभएको थियो ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको आसन बाट बोल्दै  नगर प्रमुख अम्बिका चलाउनेले नगरबासी लाइ सहज रुपामा स्वास्थ्य सेवा उपलब्ध गराउन पालीकाले कुनै कसुर बाकी नराख्ने बताइन । पालीकाको दुर दराजमा रहेका हरेक नागरीकलाइ सहज र सर्वशुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु नगरपालीको कर्तव्य भएकोले आवश्यकतालाइ पहिचान गरी पालीकाको सबै ठाउँमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन आफु लागी पर्ने पनि उल्लेख गरिन । उनले भनिन, नगरबासी महिलाको स्वास्थ्य प्रति आफु सधै गम्भिर रहेको छु र रहने पनि छु, नगरपालीकाका कुनै पनि सुत्केरी महिलाले अस्पताल जान नपाएर अकाल मा ज्यान गुमाउनु पर्ने छैन, त्यसका लागी नगरपालीका चौविसै घण्टा यहाँहरुको साथमा छ, नगरबासीको स्वास्थ्य सुधारका लागी सधै लागी पर्ने छु । कार्यक्रममा बोल्दै नगर प्रमुख चलाउनेले पालीकाका ग्रामिण बस्तिहरुमा गुणस्तिरिय स्वास्थ्य सेवामा सबै नगरिकको सहज पहुच सृजना गर्ने आफ्नो मुख्य उदेश्य रहेको बताइन । यो संगै यसै वडाको अर्को विकट क्षेत्र कोशेडीमा पनि निकट भविस्यमै प्रसुति  गृहको स्थापना गरिने उनले बताइन ।

नगरको विकट क्षेत्र वडा नम्बर ८ बारलाको बोरागाउँमा स्थापना भएको प्रसुति गृहले उक्त वडाका साविकका ७, ८ र ९ नम्बर वडाका गर्भवति आमाहरुले सहज रुपमा प्रशुति स्वास्थ्य सेवा पाउने भएका छन। ग्रामिण क्षेत्रका महिलाको स्वास्थ्यलाइ मध्यनजर गरि प्रशुति गृहको स्थापना गरिएको हो । यसलाइ आगामी दिनमा भौतिक संरचनाहरु निर्माण गरी प्राथमिक उपचार लगाएत अन्य स्वास्थ्य सेवाहरु पनि उपलब्ध गराइने नगर प्रमुख अम्बिका चलाउनेले बताएकी छन ।

प्रशुति गृह उद्घाटन सँगै प्रशुति गृहका लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्त्रण गरिएको छ । प्रशुति गृह सञ्चालनका लागी १ जना अनमी र १ जना स्विपर को करार दरबन्दि रहेको छ । प्रशुति गृह सञ्चालनमा आए पछि त्यहाँका स्थानियलाइ सहज रुपमा प्रशुति सेवा लिन सजिलो भएको नगर पालीकाका स्वास्थ्य संयोजक जनक बुढाले बताए ।

कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुर्गा प्रसाद तिमिल्सैना, वडा नम्बर ७ का वडा अध्यक्ष सुरत बहादुर रावल, वडा नम्बर ८ का निबर्तमान वडा अध्यक्ष तारा प्रसाद खनाल नगर पालीकाका स्वास्थ्य संयोजक जनक बुढा पत्रकार महाँसंघ अछामका उपाध्यक्ष रमेश रावत लगायतले मन्तव्य व्यक्त गरेका थिए। साथै कार्यक्रममा नगरपलीकाका प्रशासन प्रमुख खेमराज ढकाल, लेखा प्रमुख लोकबहादुर चलाउने लगाएत अन्य स्वास्थ्यकर्मि, समाजसेवी बुद्दिजीवी तथा स्थानियको उपस्थिति रहेको थियो । वडा नम्बर ८ बारलाका स्वास्थ्य इन्चार्ज मणिचन्द्र न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चाल नगपालीकाका रोजगार संयोजक भरतराज अधिकारीले गरेका थिए । यो संगै नगरपालीकाको ग्रामिण क्षेत्रमा सहज र गुणस्तिरिय स्वास्थ्य तथा प्रशुति सेवा उपलब्ध गराउने उदेश्यका साथ शुक्रबार  चैत्र २४ गते वडा नम्बर ९ कालेकाँडाको विकट क्षेत्र भाटगाउँमा पनि प्रशुति गृहको उद्घाटन गरिने नगरपालीकाका स्वास्थ्य संयोजक जनक बुढाले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *