जयगढमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदैै

जयगढमा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदैै

बान्नीगढी जयगढ गाउँपालिकामा १ दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामको अयोजनामा कालिका स्वास्थ्य चौकीमा यही चैत २५ गते शनिबार १ दिने निःशुल्क शिविर संचालन हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख दिपकराज पन्तले बताउनुभयो ।

ग्याष्टीक, गानागोला, पाईल्स, पथ्थरी, दम, उच्च रक्तचाप, मधुमेह, बाथरोग, हातखुट्टाका जोर्नी दुख्ने, जिउ दुख्ने, झमझमाउने, निदाउने, पिसाब सम्बन्धी समस्या, महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने महिनावारी गडबडी हुने लगाएतका रोगहरुको नि.शुल्क चेकजाच तथा उपचार गरीने भएकोले सेवा लिन आउन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामले अपिल गरेको छ ।

यसैबिच जिल्ला आयूर्बेद स्वास्थ केन्द्र अछामको स्वास्थ सेवा सुधार भएसँगै नागरिकको आकर्षण बढ्दै गएको छ । पहिलेको तुलनामा अहिले कार्यालयमा दैनिक ४० देखि ४५ जना बिरामीले ओपिडी सेवा लिने गरेका कार्यालय प्रमुख पन्तले बताउनुभयो । बिहान योग व्यायाम गरीनुका साथै योगशालामा अत्याधुनीक ईकुमन्ट सहित थाईराइडको निशुल्क चेकजाच, पन्चकर्म सेवा नियमित संचालन भईरहेको छ ।

केन्द्रले कार्यालयले दिने सेवाहरुमा वृद्धि गरेको जनाएको छ । आर्युवेदिक औषधीप्रति नागरिकको बिश्वास बढ्दै गएको भन्दै कार्यालयबाट प्रदान गरिने सेवामा वृद्धि गरेको कार्यालयले जनाएको छ । बिगतका दिनहरुमा सेवाग्राहीलाई आर्युवेदिक औषधीहरुको फाइदाका विषयमा जानकारी नहुँदा अछाममा यसको प्रयोगदर बढ्न सकेको थिएन, तर अहिले आर्युवेदिक केन्द्रले बिभिन्न किसिमका नयाँ बिधिबाट बिरामीको चेकजाँच गर्ने गरेपछि सेवाग्राहीको संख्या पनी बढ्न थालेको कार्यलयका प्रमुख पन्तले जानकारी दिनुभयो । आर्युवेदिक औषधीले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे नागरिकले बुझ्न थालेका कारण कार्यालयको सेवाप्रति चाँसो बढ्दै गएको बैध खडक बहादुर बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *