सुदुरपश्चिम प्रदेशलाई विकास र समृद्धिको बाटोमा लैजान वर्तमान सरकार लागिपर्ने : मुख्यमन्त्री शाह

सुदुरपश्चिम प्रदेशलाई विकास र समृद्धिको बाटोमा लैजान वर्तमान सरकार लागिपर्ने : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको समग्र बिकासको लागी प्रदेश सरकार लागी पर्ने बताउनु भएको छ ।

प्रेस युनियन अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सीमित स्राेतसाधन भएकाले एकैचाेटी विकास गर्न सम्भव नरहेको भन्दै प्राथमिकताको बिषय पहिचान गरेर अघि बढ्न आवस्यक रहेको बताउनुभयो ।  विगतमा भएका विकृतिबारे आफू जानकार रहेको भन्दै उहाँले अब प्रदेश सरकारप्रति आम नागरिकको धारणा नै परिवर्तन गरी अघि बढ्ने बताउनु भयो । त्यस्तै उहाँले जनताको आवश्यकता अनुसारका योजना प्रदेश सरकारले ल्याउने बताउनुभयो  ।

स्थानीय तहकाे समृद्धिका लागि स्थानीय सरकार संग समन्वय गरि विकास निर्माणको कार्यलाई अघि बढाइने बताउनुभयो ।

सुदुरपश्चिमकाे बिकासका लागी पर्यटन, कृषी, उर्जा, औधोगीकरणलाई प्रथामीक्तामा राखेर सुदूरपश्चिम सरकार अघी बढीरहेको बताउनु भएको छ । सडक सञ्जालसँग सबैक्षेत्रलाई जाेड्नका लागि सरकार लागि परेकाे बताउनुभयाे ।

पुर्वाधारको सन्दर्भमा धेरै आयाेजना रहेकाे बताउदै उहाँले केही नयाँ र केहि केही योजना निर्माणाधिन अवस्थामा रहेको भनाईराख्नुभयाे ।

प्राकृतिक स्रोत, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाका दृष्टिले सुदुरपश्चिम प्रदेश सम्पन्न एवं प्रचूर सम्भावना भएको प्रदेश भएको उहाँको भनाइ थियो ।

अछामको रामारोशन पर्यटकीय क्षेत्रसँगै यहाँका रहेका पर्यटकीय तथा धार्मिक स्थलको बिकासका लागी अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय बाह्र बण्ड, अठार खण्डका नामले चिनिने रामारोशन पर्यटकीय सम्भावना बोकेको ठाउँभएको भन्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार गठन भइसकेपछि पर्यटन क्षेत्रको विकासका लागि ठोस निति ल्याउनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकास गर्न सकेमा समग्र क्षेत्रको विकास हुने र पर्यटन क्षेत्रले आर्थिक सम्वृद्विमा महत्त्वपूर्ण टेवा पुग्नेमा जोड दिनुभयो ।

सुदुरपश्चिम प्रदेश गरिबी  अशिक्षा, भोकमरीको समस्या भोग्दै आएकोले यस प्रदेशलाई विकास र समृद्धिको बाटोमा लैजान वर्तमान सरकारलाई लागिपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका अध्यक्ष टंक प्रसाद रिमालको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा , नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोबिन्द शाह ,लम्की चुवा नगरपालिका नगर प्रमुख सुशिला शाही ,नेपाली काङ्ग्रेस सुदुरपश्चिम् कार्यसमिति सदस्य धिरेन्द्र शाही, नेपाल प्रेस युनियन सुदुरपश्चिम् प्रदेश अध्यक्ष मनमोहन स्वार नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी ,अन्जु मल्ल,लगायतको उपस्तिथि रहेकोे थियो । जिल्ला शाखा अछामका उपाध्यक्ष नमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *