अष्टसिध्दि मा•वि ढकारी ६ मा समाजसेवी पुस्कर बि •सि द्वारा अक्षयकोष स्थापना

अष्टसिध्दि मा•वि ढकारी ६ मा समाजसेवी पुस्कर बि •सि द्वारा अक्षयकोष स्थापना

पछिल्लो समय प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ। तर अछामको ढकारी गाउँपालिका वडा नम्बर ६ निवासी समाजसेवी पुस्कर बिसि ले आफ्नो जन्मदिनको अवसरमा अक्षकोष स्थापना गरेकाछन् ।

ढकारी गाउँपालिका वडा नम्बर ६ को अष्ट्रशिद्दी माध्यमिक बिधालयमा आफ्नो २५ औं जन्मोत्सवको अवसरमा २५ हजार ५ सय २५ रुपैयाँको पुस्कर बिसि नामक अक्षयकोष स्थापना गरेका हुन् ।

बिद्यालयमा पढ्ने गरीव तथा जेहेन्दार बिद्यार्थीको पठनपाठनमा सहजता होस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको अक्षयकोषकर्ता बिसिले बताए । आगामी दिनमा सो कोषलाई बढाउँदै लाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *