नेविसंघको तर्फबाट कमलबजार बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा ढकालको दावी

नेविसंघको तर्फबाट कमलबजार बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा ढकालको दावी

अछाम । अछाममा पनि स्ववियु निर्वाचनको रौनकता बढ्दै गएको छ ।  आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको रौनकता केही दिनयता अछाममा पनि बढेको हो।

स्ववियुको माहोल बढे संगै अछामका विभिन्न क्याम्पस हरुमा विभिन्न संगठनका ब्याक्ति हरुले आआफ्नो उम्मेदवारी प्रस्तुत गरिरहेकाछन । यता  जिल्लाको मुख्य व्यापारी केन्द्र समेत रहेको कमलबजारमा अवस्थित कमलबजार बहुमुखी क्याम्पसको सभापतिको पदमा आफनो दावि रहेको भानुभक्त ढकालले बताएका छन ।

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र पार्टी संगठनलाई अझै बलियो बनाउन आफुले सभापति पदमा दावि गरेको ढकालले बताएका छन ।ढकालले नेविसंगको तर्फबाट सभापति पदमा दावि गर्नुभएको हो ।

आफु जहिले पनि शिक्षा क्षेत्र र विद्यार्थीको पक्षमा रहेकाले पनि आफनो दावि स्वभाविकै भएको उहाँले बताएका हुन ।

जिल्लाका विटक बस्तीका विद्यार्थीका समस्या आफलेु बुझेको बताउँदै ढकालले यी समस्या सँग लड्नका लागि सभापति पदमा दावि गरेको उहाँको भनाई रहेको छ ।

साथै उहाँले नेपाल विद्यार्थी संघलाई मतदान गर्न पनि आग्रह गर्नुभएको छ ।ढकाल नेपाली काँग्रेसको एक लोकप्रिय युवा नेताको रुपमा परिचित हुनुहुन्छ ।स्ववियु निर्वाचन नजिकीए सँग विभिन्न व्यक्तीहरुले विभिन्न पदमा दावि गरिरहेका छन ।

लामो समयपछि हुन लागेको स्वयुवि निर्वाचनले विद्यार्थी नेताहरूमा उत्शाह जागेको छ भने नेतृत्व गर्ने वातावरण सिर्जना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *