समाजसेवी कृष्ण प्रसाद देवकोटाद्वारा त्रिपूरासुन्दरी मा•वि ढकारी ८ मा “देवकोटा अक्षयकाेष” स्थापना

समाजसेवी कृष्ण प्रसाद देवकोटाद्वारा त्रिपूरासुन्दरी मा•वि ढकारी ८ मा “देवकोटा अक्षयकाेष” स्थापना

ढकारी गाउँपालिका वडा नम्बर ८ मा अक्षयकोष स्थापना गरिएको     छ । ढकारी गाउँपालिका वडा नम्बर ८ निवासी समाजसेवी कृष्ण प्रसाद देवकोटाले त्रिपूरासुन्दरी माध्यमिक बिधालयमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको स्मृति एवं स्वर्गीय हजुरबुबा धनपति देवकोटा र स्वर्गीय हजुरआमा दिपा देबि देवकोटा लगायत सम्पुर्ण देवकोटा परिवारका पितृहरुको मुक्तिका लागि रु १ लाखको देवकोटा  अक्षयकोष स्थापना गर्नुभएको हो ।  अक्षयकोष स्थापना कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले  पछिल्लो समय समाजमा विभिन्न शुभकार्यमा  फजुलखर्च गर्ने बानीको विकास भइरहेकोले त्यसलाइ अन्त्य गर्न यो कार्यबाट सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।  शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा देवकोटालाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपालि काँग्रेसका महासमिती सदस्य बल बहादुर कुवर,पदम राज अधिकारी , ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउद अक्षयकोष दाता देवकोटाका बुवा भुमिनन्द देवकाेटा विशिष्ट अतिथि रहनुभएको थियो ।

आगामी दिनमा सो कोषलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै अक्षयकोष दाता देवकोटाले भने`उक्त अक्षयकोषको रकमबाट  त्रिपुरासुन्दरी माध्यमिक बिधालयमा अध्ययनरत गरिब ,जेहेन्दार ,अभिभावकबिहीन विद्यार्थीका लागि खर्च गरिनेछ ।

रकम सानो भएपनि यसको महत्व ठुलो रहेकोले शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने बताए । त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नेत्रकला देवी शाहि ,वडा नम्बर ८ का वडा अध्यक्ष उद्धवराज उपाध्ययाय, पुर्व वडा अध्यक्ष लाल बहादुर भण्डारी , नेपाली काङ्ग्रेसका युवा नेता कमल भण्डारी, माओवादि केन्द्रका नेता हंशराज उपाध्याय ,नेकपा ऐमालेका नेता मिन बहादुर भुल , एकीकृत समाजबादि का नेता भुपेन्द्र बुढा लगायत स्थानिय समाजसेवी बुद्धिजीवी हरुको उपस्तिथि रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *