१३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुर्माखाँदलाई

१३ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि तुर्माखाँदलाई

अछाम । अछाम जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तुर्माखाँद गाउँपालिकाले जितेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १० गतेदेखि तुर्माखाँदको कालिकेश्वरी माद्यामिक विद्यालयमा शुरु भएको रनिङ शिल्ड प्रतियोगितामा ६ स्वर्ण सहित १७ पदकका साथ तुर्माखाँद प्रथम भएको छ ।

तुर्माखाँदले ६ स्वर्ण,६ रजत,५ कास्य पदक सहित जम्मा १७ पदक सहित प्रथम स्थान हाँसिल गरेको हो ।

रनिङ शिल्डको द्वितीय स्थान पञ्चदेवल विनायक नगरपालिकाले लिएको छ । पञ्चदेवलले ४ स्वर्ण, ३रजत, ३ कास्य सहित जम्मा १० पदक प्राप्त गर्‍यो ।

तृतीय स्थानको उपाधि साँफेबगर नगरपालिकाले पाएको छ । ४ स्वर्ण, २ रजत, ४ कास्य पदक सहित १० पदक जित्दै साँफेबगर तृतीय भएको हो ।

स्वर्ण, रजत र कास्य पदकमा ८ पदक हाँसिल गर्दै मेल्लेख गाउँपालिका चौँथो स्थान हाँसिल गरेको छ ।

कमलबजार नगरपालिका र रामारोशन गाउँपालिका ७ पदक जित्न सफल भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका ६ पदक, चौरपाटी गाउँपालिका ५, मङ्गलसेन नगरपालिका ९ र ढकारी गाउँपालिकाले ६ पदक पाएका छन्।

त्यस्तै, भलिबलको प्रथम उपाधि रामारोशन गाउँपालिकाले लिएको     छ । जिल्ला खेलकुद समिति अध्यक्ष केसर खड्काको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी प्रमुख अतिथि रहनुभएको थियो ।

उहाँले विजेता खेलाडीलाई बधाई दिँदै अब जिल्लाकै नाम आउने गरि प्रदेश प्रतियोगितामा सफलता पाउन शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *