सिटिइभिटी स्थापना दिवसमा मंगलसेनमा फलफुल वितरण र सरसफाइ

सिटिइभिटी स्थापना दिवसमा मंगलसेनमा फलफुल वितरण र सरसफाइ

मंगलसेन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) स्थापना दिवसका अवसरमा फलफुल र सरसफाइ गरिएको छ । मंगलसेन बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको सहभागितामा जिल्ला अस्पताल अछामका बिरामीलाई फलफुल वितरण र अस्पताल परिसरमा सरसफाइ गरिएको हो ।
अस्पतालका बिरामी र दृष्टिबिहिनलाई फलफुल वितरणले उनीहरुमा मनोभावना र आत्मबलमा वृद्धि भएको आफुहरुले पाएको शिक्षक धनकुमार केसीको भनाइ छ । फलफूल वितरणपछि अस्पतालका निमित्त प्रमुख डाक्टर भुवन जिसीले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा अस्पतालले समन्वय गर्ने भनाइ राख्नुभयो । उक्त कार्यक्रममा अस्पतालका डा. सोनली बास्कोटा, अतुल भारद्धाज, प्रेम ढुंगाना, स्वास्थ्यकर्मी, शिक्षक र विद्याथीहरुको सहभागिता रहेको थियो ।
(सिटिइभिटी) को सम्बन्धमा मंगलसेनमा पहिलो पटक मंगलसेन बहुप्राविधिक शिक्षालयको स्थापना गरेर तीन वर्षे सामान्य चिकित्सा (एचए) पढाइ भइरहेको छ । उक्त कक्षामा छ जिल्लाका १७ छात्रा र २३ छात्रगरी ४० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
सोही दिवसको अवसरमा मंगलसेनमै रहेको षोडशा माविमा अध्ययनरत अनाथ तथा दृष्टिविहिन विद्यार्थीहरुलाई समेत फलफुल वितरण गरेर दिवस मनाइएको मंगलसेन बहुप्राविधिक शिक्षालयमा अध्यनरत बिद्यार्थी दिपेन शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *