अछाममा आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दो

अछाममा आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दो

कार्यालयले सेवा विस्तार गरे संगै पछिल्लो समयमा कार्यालय प्रति सेवाग्राहीको विश्वाशपनि बढ्दै गएको र दैनिक रुपमा सेवालिन आउने सेवाग्राही बढेको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

अहिले दैनिक रुपमा ३५ देखी ४० जना सेवाग्राही आउने र उहाँहरुको उपचार सहित आवश्यक परापर्श समेत दिएर पठाउने गरेको उहाको भनाई छ । आयुर्वेदको विकास गर्ने उदेश्यले अहिले कार्यालयले आफ्नो सेवा बिस्तार गर्दै लगेपछि र महत्वपुर्ण उपकरणहरु समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा जडान गरेपछि सेवाग्राहीको आर्कषण बढेको कार्यालय प्रमुख पन्तले बताउनुभयो ।

पछिल्लो समयमा नसर्ने रोगबाट ६६ प्रतिशत मान्छेहरुले ज्यान गुमाईरहेकाले यसबाट बच्ने उपायको बारेमा समेत जानकारी दिने काम कार्यालय बाट भईरहेको बताउनुभयो । पञ्चकर्म देखी अन्य दैनिक रुपमा गर्नुपर्ने योगा गराउने काम पनि कार्यालय मार्फत भईरहेको छ ।

धेरै ठाउँमा उपचार गररे सन्चो नभएका सेवाग्राही अहिले जिल्ला आयुर्वेद कार्यालय आउने र उहाँहरुको स्वास्थ्यमा क्रमीक रुपमा सुधार हुँदै गएको पाइएको छ ।

रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बुद्धीमानी हुने भएकाले आयुर्वेद कार्यालयले रोग लाग्न नदिने उपायको बारेमा समेत जानकारी गराउने काम गरिरहेको बताउदै कार्यालयमा आएर सेवा लिन सेवाग्राहीलाई अनुरोध गर्नुभएको छ ।

अबदेखी जिल्ला आयुर्वेद कार्यालय अछाममा भिडियो एक्सरे देखी थाईराईड पनि चेकजाच हुने भएकाले जिल्लाबासीलाई थप सहज हुने विश्वाश ब्यक्त गर्नुभएको छ । मान्छेहरुले आफ्नो दैनिकीमा ध्यान नदिदा धेरै रोगबाट ग्रसित भईरहेको भन्दै खानपानमा सबैभन्दा बढि ध्यान दिएमा धेरै रोग लाग्नबाट जोगीने बताउनुभएको छ ।

अहिले दिनप्रतिदिन चिसो बढिरहेकाले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्न समेत उहाले सबैलाई अनुरोध गर्नुभएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका बाहेक अन्य सबै पालिकामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिईरहेकाले आफ्नो पायक पर्ने ठाउमा गएर सेवालिन पनि अनुरोध गर्नुभएको छ ।

आगामी दिनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम बाट प्रदान गरिने सेवालाई थप गुणस्तरिय बनाएर लैजाने उदेश्यका साथ कार्यालयको टिम लागीपरेको समेत कार्यालय प्रमुख पन्तले जानकारी दिनुभएको छ ।

आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको कार्यालयले जनाएको छ ।

‘अहिले विकसित मुलुकमा हर्बल भनेर आयुर्वेदिक औषधिको प्रयोग बढेको छ’, उनले भने, “यहाँ भने त्यस्तो छैन ।” आयुर्वेदको महत्व बुझ्दै गएपछि यसमा अझ आकर्षण बढ्दै जाने उनको भनाइ छ ।

पछिल्लो समयमा आयुर्वेद औषधीको महत्वपनी बढ्दै जानु र यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दै गएपछि यस प्रतिको आकर्षण थप बढ्दै गएको उहाको भनाई थियो ।

आयुर्वेद औषधिको प्रयोगले रोग निको हुन बढी समय लाग्छ भन्ने आम मानिसमा भ्रम रहेको पाइन्छ । जुन सत्य होइन । अनुपात (कुन वस्तुसँग के मिसाएर खाने भन्ने) मिलाएर यस्ता औषधि सेवन गरेमा छोटो समयमै रोग निको हुन्छ ।

नसर्ने रोग अहिलेका विकराल समस्या हुन् । जीवनशैली र रहनसहनका कारण यस्ता रोग बल्झिने गर्छन् । तसर्थ, उपचारसँगै जीवनशैली पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जो आयुर्वेद उपचार पद्धतिसँग जोडिएको हुन्छ ।

रोगको अवस्था हेरेर जडिबुटीको प्रयोग गरी रोगबाट बच्न सकिन्छ । भुइँ अमला, हर्रो, बर्रो, अमला, चिराइतो, कुटकी, तितेपाती, निम, सतावरी, बेल, पाँचऔलै, अश्वगन्धा आदि मुख्य जडिबुटी हुन । यस्ता जडिबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ ।

देशमा माहामारीको रुपमा फैलिएको कोभिडको बेला आयुर्वेदिक औषधीले निकै राम्रो काम गरेको पाईएपछि पछिल्लो समयमा यसको महत्व थप बढेर गएको कतिपयको भनाई रहेको छ । यस्तै अछाम जिल्लामा पनि कोभिडको सक्रमण भएको बेला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामले निकै राम्रो भुमीका खेलेको भन्दै यसले पनि आम सेवाग्राही हरुमा राम्रो प्रभाव परेको जिल्ला स्थित सरोकारवालाको भनाई रहेको छ ।

कोभिडको समयमा जिल्लाका सेवाग्राहीलाई कार्यालयले गरेको सेवा र अहिले संस्थाप्रति आम सेवाग्राहीको हेर्ने दृष्टिकोण समेत बदलीएको पाईएको छ । त्यो बेला कोरोना संक्रमीत हरुलाई उनीहरुको रोग संग लड्न सक्ने क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालय अछामले विभिन्न किसीमका औषधी दिएको थियो ।

महत्वपूर्ण उपकरणहरु जडानको कार्य भईरहेको हुँदा सानो उपचारको लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले कार्यालयमा आएर सेवा लिन कार्यालयले सबै जिल्लाका सेवाग्राहीलाई अनुरोध गरेको छ ।
आयुर्वेदीक औषधी भनेको खाए लगत्तै ठिक हुने क्षेत्र नभई यसको प्रभाव बिस्तारै पछि देखीने कार्यालय प्रमुख पन्तको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *