आर्थिक अभावका कारण मृगौला पीडित नरेन्द्र शाहीको उपचारमा समस्या

आर्थिक अभावका कारण मृगौला पीडित नरेन्द्र शाहीको उपचारमा समस्या

मृगौला पीडित नरेन्द्र बहादुर शाहीको उपचारमा समस्या भएको छ । अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ निवासी २९ वर्षीय शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

केही समय अगाडी सामान्य बिरामी भइ उपचारको लागि पुणे जिल्ला स्थित पिम्पिरिमा रहेको डि वाई पाटिल हस्पिटलमा जादा सबै चेकजाँच पछिको रिपोर्टमा दुई वटै मिर्गौलामा समस्या देखिएको     थियो । उनले नयाँ जीवन जिउनका लागि मिर्गौला प्रत्यारोपण गर्नु बाहेकको विकल्प छैन ।
शाही रोजगारको शिलशिलामा भारतको पुणे जिल्ला स्थित हिन्जवडिमा एउटा बिल्डिङमा ज्याला मजदुरिको काम गर्दै आइरहेका स्थानीय पदम बहादुर शाहीले बताए । शाहिका एउटा श्रीमती र दुईवटा छोरा छन् ।
शाहीले भने मिर्गौला प्रत्यारोपण हामी जस्तो सामान्य काम गरि खाने वर्गको लागि त्यति सहज छैन । एकातिर शाहिको परिवारमा ठूलो आर्थिक संकट पैदा भएको छ भने अर्को तिर बिरामी हस्पिटलको सैयामा मृत्युको संग लडिरहेकाछन ।
शाहिको आर्थिक स्थिति एकदम नाजुक छ र उपचारको लागि ठुलो रकम आवश्यक परेकोले सहयोगी मनहरुलाई सहयोगको लागि विनम्र अनुरोध समेत गरेकाछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *