स्वर्गीय नेता रावलको निधनले काङ्ग्रेस पार्टी लाई ठुलो क्षति भयो : काङ्ग्रेस नेता अधिकारी

स्वर्गीय नेता रावलको निधनले काङ्ग्रेस पार्टी लाई ठुलो क्षति भयो : काङ्ग्रेस नेता अधिकारी

अछाम : नेपाली काङ्ग्रेसका नेता स्वर्गीय प्रेम सिंह रावलको १३ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस अछामका उपसभापति नयाराम बजगाइको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य पदमराज अधिकारीले
स्वर्गीय नेता रावलले पार्टीमा गरेको योगदान ,पार्टी प्रति उहाँको त्याग तपस्या लाई हामीले जहिले पनि सम्मान गर्दै उहाँका अधुरो सपना लाई पूरा गर्न हामी हरु लागिपर्ने बताए । उहाँको दु:खद निधनले काङ्ग्रेस पार्टी लाई ठुलो क्षति भएको  बताए ।
रावल प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा समेत रहेकाले उहाँले गरेका राम्रा काम हरुको अनुशरण गर्दै अगाडि बढ्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि नमबहादुर शाही,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य पदम बहादुर शाह ,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी ,नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमितिका उपसभापति पुर्ण बिष्ट ,तरुण दल अछामका अदालत रमेश बिष्ट ,काङ्ग्रेस नेता कम्माने नगार्जी लगायत नेताकार्यकर्ताहरु मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै समवेदना प्रकट गरेका थिए । उक्त श्रद्धाञ्जली सभाको संचालन पार्टी सचिव टक्कर शाहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *