जनताको अभिमतलाई शिरोधार्य गर्दै जनताले दिएको भारिलाइ गन्तब्यमा पुर्याउने प्रतिनिधि सभा सदस्य शाह

जनताको अभिमतलाई शिरोधार्य गर्दै जनताले दिएको भारिलाइ गन्तब्यमा पुर्याउने प्रतिनिधि सभा सदस्य शाह

अछाम ,११ मंसिर: लोकतान्त्रिक बाम गठबन्धनको बिजय सभा ढकारी गाउँपालिकामा सम्पन्न भएको छ । बिजयी सभामा लाई सम्बोधन गर्दै  कार्यक्रमका प्रमुख अतिथि अछाम क्षेत्र नम्बर २ का नव निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले नेकपा एमालेले मत बटुल्नका लागी  जनताका माझ विभिन्न भ्रम सिर्जना गरेर पनि जनता जनार्दनले उक्त भ्रमलाई चिरेर छोड्नु भएको बताउनुभयो ।
चुनावताका बेला गरेका बाचा पूरा गर्ने र जनताले दिएका जिम्मेवारीको भारी गन्तब्यमा पुर्याउने बताउनुभयो ।
जनताले लोकतान्त्रिक बाम गठबन्धनका पक्षमा गरेको मतको सिरोधार्य गर्दै जनताले दिएका भारिलाइ गन्तब्यमा पुर्याउनु नै आफ्नो मुख्य दायित्व भएको  बताउनुभयो । विकासको मुद्दामा लोकतान्त्रिक बाम गठबन्धनको एउटै एजेन्डाका हुने बताउनुभयो ।
जनताको अभिमतको कदर गर्दै जनताका हरेक समस्या हरुलाइ  समाधान गर्नका लागी अग्रसर हुने बताउनुभयो ।  संविधानको रक्षा स्थिरता र विकासका लागी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई बिजयी गराउने सम्पुर्ण मतदाता हरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले
संघियता समतामूलक विकासका लागि गठबन्धन बनेकोले सामाजिक न्यायको मुद्दामा अहिलेको लोकतान्त्रिक बाम गठबन्धन जहिले पनि अग्रपंक्तिमा हुने बताउनुभयो ।
त्यस्तै  कार्यक्रममा विशिष्ट अतिथिको बोल्दै प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य मानबहादुर रावलले
विकासका हरेक गतिविधिमा गठवन्धनको सामुहिक एजेन्डा बन्ने पनि बनाउनुभयो । जनताका आवश्यक कुराहरू पूरा गर्ने सन्दर्भमा कुनै पनि पुर्वाग्रह नराखी समान व्यवहारले काम गर्ने बताउनुभयो ।  हिजो जनतालाई विभिन्न किसिमका आश्वासन देखाइ जनता लाई भ्रमित पारेर पबित्र रूपमा बनेको लोकतान्त्रिक बाम गठबन्ध लाइ असफल बनाउन गरेको खेल लाइ आज न्यायप्रेमी जनताले सफल बनाएको बताए ।कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धनका नेताकार्यकर्ताको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *