अछाम २ मा कांग्रेसको सुरुवाती अग्रता

अछाम २ मा कांग्रेसको सुरुवाती अग्रता

मंगलसेन – अछामको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ३ सय मत गणना हुँदा १ सय ६७ पाउनु भएको छ भने नेकपा एमालेका उम्मेदवार यज्ञ बोगटीले १ सय १८ मत प्राप्त गर्नु भएको छ।

अछामको तुर्माखाँद र ढकारी मतदान केन्द्रको ११ मतपेटिकमा खसेको जम्मा ४ हजार ६ सय ३६ एकैपटक गणना गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *