एमालेको काम जनताको माझमा झुटको खेती गर्ने मात्रै हो : प्रतिनिधिसभा सदस्य उम्मेदवार शाह

एमालेको काम जनताको माझमा झुटको खेती गर्ने मात्रै हो : प्रतिनिधिसभा सदस्य उम्मेदवार शाह

अछाम २० कात्तिक: लोकतान्त्रिक बाम गठबन्धनको घर दैलो तथा चुनावी सभा तुर्माखाद गाउँपालिका वडा नम्बर २ भुलुमा सम्पन्न भएको छ ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह,प्रदेश सभा (क) प्रदेश सभा सदस्य का उम्मेदवार अक्कल रावल , नेकपा माओवादीका तर्फबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मोतीकला चलाउनेको उपस्तिथि रहेको थियो ।
चुनावी सभामा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले अछामको बिकास लोकतान्त्रिक बाम गठबन्धन बाट मात्रै सम्भव रहेको बताए ।
अछाम २ नम्बर क्षेत्रको विकास र समृद्धिको नेतृत्व लोकतान्त्रिक बाम गठबन्धनले गर्ने भएकोले उक्त जिम्मेवारी क्षेत्र नम्बर २ का जनताले दिनेमा आफु बिश्वस्त रहेको बताए । अछामको समग्र विकास निर्माणका लागी गठबन्धनको सामुहिक एजेन्डा बन्ने बताउनुभयो । चुनावको मुखैमा नेकपा एमालेले गाउँ गाउँमा गएर सोझा जनता हरुलाइ विभिन्न किसिमका झुटा भ्रमित आश्वासनमा पारी मत बटुल्ने काम गरेको बताए ।
जनता माझ सधैं झुटको खेती गर्ने काम एमालेले गर्ने गरेकोले त्यस्ता झुटा र भ्रम आश्वासनमा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार लाई जिताउन अपिल गर्नुभयो ।
त्यस्तै उहाँले केपी वलिले मुलुकमा एकतन्त्रीय शासनको अभ्यास गर्न थालेपछि वलिको घमण्ड लाई तोड्न बाम र लोकतान्त्रिक दल हरु एक ठाउँमा उभिएर संविधान लाई बचाएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा (क) का प्रदेश सभा सदस्यका उम्मेदवार अक्कल बहादुर रावलले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । केपी वलि सरकारमा हुँदा संसद माथी पटकपटकपटक हमला गर्ने र राज्यका संवैधानिक निकायमा आफ्नो हक जमाउन खोजेको बताए । हिजो केपी वलि बाट मुलुक र संविधान लाई जोगाउन अहिलेको लोकतान्त्रिक बाम गठबन्धनका दल हरु लागी परेकोले त्यही केपि वलिका बिरुद्ध गठबन्धन बनेको बताए । पार्टीमा केपी वलिले जे चाहे त्यही हुन थालेकोले एमाले कुनै पार्टी नभइ एक प्राइभेट कम्पनीमा परिणत भएको बताए । कार्यक्रममा महासमिति सदस्य सुरत बिष्ट ,मानबहादुर शाही, क्षेत्रीय सभापति पुष्पराज शर्मा,जिल्ला कार्यसमिति सदस्य गणेश शाही, काङ्ग्रेस नेता राम प्रसाद भाट ,एकीकृत समाजवादीका हिरेन्द्र शाही ,अखिल क्रान्तिकारी विद्यार्थी संगठन लालबहादुर साउद लगायतको उपस्तिथि रहेको थियो ।
दिपक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिशाल कुमार शाहीले राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन देउमनी बिकले गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *