सत्ता गठबन्धन अछामको घर दैलो कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ३ मा सम्पन्न

सत्ता गठबन्धन अछामको घर दैलो कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ३ मा सम्पन्न

सत्ता गठबन्धन अछामको घर दैलो अभियान तथा कार्यकर्ता भेटघाट कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ३ मा सम्पन्न भएको छ ।

कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह, प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार केशरी रेग्मीले संयुक्त रूपमा  वडा नम्बर ३ मा घर दैलो गरेका थिए ।

घर दैलो अभियानमा बोल्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाहले  संविधानको रक्षा, जनआन्दोलनको बलमा स्थापित गणतन्त्र, प्राप्त उपलब्धिलाईको रक्षाको लागि गठबन्धन भएको धारणा व्यक्त गरेका छन्  । संविधान र लोकतन्त्रलाई नै खतरामा पारे पछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउँदै उहाँले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै प्रदेश सभा सदस्यका उम्मेदवार मानबहादुर रावलले प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेकोले संवेदनशील बनेर चुनावमा गठबन्धनका उम्मेदवार बिजयी गराउन केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा काङ्ग्रेस अछामका सहसचिव दिनेश स्वार,काङ्ग्रेस नेता हरि प्रसाद ढुंगाना ,राजेश बाबु बोगटी ,नेकपा माओवादी केन्द्रका नेता शिव बहादुर बोगटी लगायतको उपस्तिथि रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *