बाढी पहिरो प्राकृतिक प्रकोप भएकाले कति खेर आउँछ निश्चित हुँदैन सचेत बन्नुहोस : समन्वय प्रमुख कुँवर

बाढी पहिरो प्राकृतिक प्रकोप भएकाले कति खेर आउँछ निश्चित हुँदैन सचेत बन्नुहोस : समन्वय प्रमुख कुँवर

अछाम : जिल्ला समन्वय समितिका अछामका प्रमुख ललित कुँवर सहितको टोलीले जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ ढाकुमा गत भाद्र ३१ आएको बाढी पहिरो स्थलगत निरीक्षण गरेको छ .

साथै पीडित घरपरिवारका सदस्य सँग भेटघाट समेत गरेको हो। बाढी पहिरोको स्थलगत निरीक्षण पश्चात् बोल्दै समन्वय प्रमुख कुवरले पीडित घरपरिवारलाई विभिन्न ठाउँबाट सहयोग भइरहेको बताउँदै जिल्ला समन्वयले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

साथै बाढी पहिरो कति खेर आउँछ र कस्तो किसिमको आउँछ भन्ने कुरामा कोही कसैलाई पनि थाहा नहुने भएकाले सक्दो सचेत रहन नागरिकहरूलाई आग्रह गरे ।

बाढी पहिरोको स्थलगत निरीक्षणमा पाटी सचिव टक्कर शाह, कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल जिल्ला समन्वय समितिका सदस्य द्वारिका प्रसाद उपाध्याय, कांग्रेस जिल्ला सहसचिव गोविन्द विष्ट क्षेत्रीय सदस्य गोविन्द सोप लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *