काँग्रेस अछामद्वारा कमलबजारका पहिरो प्रभावितलाई आर्थिक सहयोग

काँग्रेस अछामद्वारा कमलबजारका पहिरो प्रभावितलाई आर्थिक सहयोग

अछाम : नेपाली काँग्रेस अछामले जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ६ विरपथ र वडा नम्बर ८ ढाकुमा भाद्र ३१ गते राती आएको बाढी पहिरोमा परी मुत्यु भएका परिवारका सदस्यहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । काङ्ग्रेस पार्टी उपसभापति नयाँराम बजगाइको नेतृत्वमा गएको टोलिले

गत भाद्र ३१ गते राति अविरल वर्षा पछि आएको पहिरोका कारण ज्यान गुमाएका आफन्तहरुलाइ क्रिया खर्च बाफत प्रति व्यक्ती १० हजार दरले सहयोग गरिएको नेपाली काँग्रेस अछामका जिल्ला सचिव टक्कर शाहले जानकारी दिए ।

वडा नम्बर ६ विरपथका ७ जना र वडा नम्बर ८ ढाकुका ५ जना गरी जम्मा १२ जना मृतक परिवारका सदस्यलाई प्रति व्यक्ती १० हजारका दरले करिब १ लाख २० हजार आर्थिक रकम मृतकका परिवारका सदस्यलाई हस्तान्तरण गरिएको हो ।

केही दिन अगाडि काँग्रेस अछामका सभापति पुष्प बहादुर शाह, केन्द्रीय सदस्य गोविन्द बहादुर शाह, प्रदेश महामन्त्री मेघराज खड्का, सह महामन्त्री अम्बिका चलाउने, पूर्व पाटी सभापति भरत कुमार स्वार, प्रदेश सदस्य अनुराधा स्वार, महासमिति सदस्य बलबहादुर कुवर, गणेश विष्ट, ओम प्रकाश विष्ट, सुरत विष्ट, महासमिति सदस्य पदमराज अधिकारी, मान बहादुर रावल, जिल्ला सचिव प्रकाश बहादुर साउद, महाधिवेशन प्रतिनिधि नम बहादुर शाही, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पुष्पराज शर्मा लगायतको पहलमा आर्थिक संकलन गरिएको थियो ।

तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिकाका बाढी पहिरोमा परी मुत्यु भएका परिवारका सदस्यहरूलाई पनि भोलि सम्म राहत स्वरूप आर्थिक रकम हस्तान्तरण गरिसक्ने पाटीका जिल्ला सचिव शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *