अछाममा पहिरोमा परी २२ जनाको मृत्यु

अछाममा पहिरोमा परी २२ जनाको मृत्यु

सुशील भण्डारी ,अछाम असोज  
अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको  अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यू हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, १७ बर्षीय बिमला शाही, ४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही, १७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही, ३ बर्षीय कल्पना शाही र २१ बर्षीय भावना शाही रहेको छन् ।

यस्तै कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी, १७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी, ३६ बर्षीय मैनकला कामी, १५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेकाछन । सोही नगरपालिका वडा नम्बर  ८ डुङाल्ला बस्ने २६ बर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ बर्षीय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डांगिले बताउनुभयो ।

तुर्माखाद गाउँपालिका वडा नम्ब ५ बस्ने पहिरोमा परि बेपत्ता भएका १३ बर्षीय सुन्दर शाहीको शब आइतबार बिहान्  फेला परे संगै मृत्यु हुनेको संख्या २२ पुगेको हो ।

पहिरोमा परी ११ जना घाइते भएका छन् । घाइते मध्य ३ जनालाई सुर्खेतको प्रादेशिक अस्पतालमा उपचारको लागी शनिबार नै नेपाली सेनाको हेलिकप्टर मार्फत लगिएको थियो ।             

हिजो बिहानै देखी  नेपाली सेनाको अछाम स्थित भवानी बक्स गण  ,नेपाल प्रहरी र स्थानीय हरुले बेपत्ता भएका हरुको खोजीकार्य र घाइतेको उद्वारका लागी निरन्तर लागी परेका थिए ।

घाइते हरु लाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी लगिदै ।
बेपत्ताहरुको खोजी कार्य गर्दै नेपाली सेना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *