बाढी पहिरोले अछाम जिल्लाको विभिन्न ठाउँमा पुर्याएको क्षति प्रति काङ्ग्रेस अछाम द्वारा दु:ख व्यक्त

बाढी पहिरोले अछाम जिल्लाको विभिन्न ठाउँमा पुर्याएको क्षति प्रति काङ्ग्रेस अछाम द्वारा दु:ख व्यक्त

गएराती देखि अछाम जिल्लाको विभिन्न ठाउँहरुमा गएको अविरल वर्षाको कारण पुर्याएको क्षति प्रति काङ्ग्रेस अछामले दु:ख व्यक्त गरेको छ ।

शनिबार नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाह पार्टी सचिव टक्कर बहादुर शाहले एक शोक वक्तव्य जारी गर्दै भनिएको छ । अछामको तुर्माखाद गाउँपालिका,ढकारी गाउँपालिका ,कमलबजार नगरपालिका र अन्य जिल्लाका विभिन्न ठाँउ हरुमा ठुलो धनजनको क्षतिका साथै सुतिरहेको अवस्थामा व्यक्ति हरुको दु:खद निधन हुनुका साथै घर ,जग्गा ,जमिन ,पशु चौपाया हरुको ठुलो क्षति हुन् गएकोमा नेपाली काङ्ग्रेस अछाम मृतक प्रति गहिरो भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना संगै परिवार तथा आफन्तजन हरुमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं ।

यस विपदको समयमा जिल्ला प्रशासन कार्यालय ,स्थानीय सरकार ,प्रदेश सरकार ,संघिय सरकार ( गृहमन्त्रालय) विभिन्न संघ संस्था र नेपाली काङ्ग्रेस पार्टीका अग्रज नेतागणहरु लगायत अन्य पार्टीका सुवेच्छुक तथा भात्रीसंस्था हरुलाइ विपदको यस दु:खद घडीमा तत्काल एवं राहत उपलब्ध गर्न गराउन हार्दिक अनुरोध गर्दछौं ।
#जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *