अछाम पहिरो : मृतकको संख्या १७ पुग्यो

अछाम पहिरो : मृतकको संख्या १७ पुग्यो

अछाम : अछामको विभिन्न ठाउँमा  पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए। उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव  निकालिएको छ भने कमलबजार ६  ठाँटीकाँधमा  ७ जनाको शव  निकालिएको छ। यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यता ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका छन् ।  तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। घाइतेको थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ। नेपाली सेनाको अछाम स्थित भवानी बक्स गणले पनि घाइतेको उद्वार तथा बेपत्ताको खोजीमा सक्रिय रूपमा लागिपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *