नेपाल निजामती कर्मचारी युनियन अछाम द्वारा विरामीहरुलाई फलफुल वितरण

नेपाल निजामती कर्मचारी युनियन अछाम द्वारा विरामीहरुलाई फलफुल वितरण

नेपाल निजामती कर्मचारी युनियनले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरि स्थापना दिवस मनाएको छ । कर्मचारी युनियन अछामले आफ्नो स्थापना दिवसको अवसरमा आईतबार बिहान अछाम अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झपट राज ढुंगानाले जानकारी दिए ।

फलफुल बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पार्टी उपसभापति नयाँराम बजगाइ,महासमिति सदस्य पदमराज अधिकारी ,युनियनका पुर्व अध्यक्ष शरद ढुंगाना लगायत नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको संचालन युनियनका सचिव लोकबहादुर सिजापतिले गर्नुभएको थियो ।

हरेक बर्ष भाद्र १९ गते नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

निजामती कर्मचारी युनियनको स्थापना २०४९ सालमा भएको थियो । युनियन प्रजातान्त्रिक सिद्दान्त बोकेका कर्मचारीहरको संगठन हो । यसले कर्मचारीका हकहित क्षेत्रमा काम गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *