सासू कुटपिटको घटना बाहिर ल्याएर सम्मानित हुने यि हुन् ११ बर्षिय दिपेन्द्र न्याैपाने

सासू कुटपिटको घटना बाहिर ल्याएर  सम्मानित हुने यि हुन् ११ बर्षिय दिपेन्द्र न्याैपाने

अछाम , १० भदौ : बुधबार एकाएक सामाजिक संजालमा एउटा भिडियो भाइरल बन्यो । भिडियोमा
दुई जना महिलाले एक वृद्वा लाई कुटपिट गरेको देखिन्छ ।

उक्त कुटपिट गरेको घटनालाई  बाहिर ल्याउने ११ बर्षिय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित हुनुभएको छ ।

यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घर कोठामा बर्ष ५३ कि जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियाे खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने साेही ठाउँका ११ बर्षिय बालक दिपेन्द्र न्याैपानेलाई कदर स्वरुप सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी कैलाशसिंह बिष्टले बताउनुभयो ।

५३ वर्षीया न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि दुई बुहारीलाइ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

बालकले तत्काल घट्ना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरु लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पुर्‍याएकाे भन्दै ११ बर्षिय न्यौपाने लाई कदर स्वरुप फुल माला,दोसल्ला र प्रशंसा पत्रले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गर्नुभएको हाे । ११ बर्षिय न्यौपानेलाई  यो महान कार्यको निम्ति प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डांगिले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *