काङ्ग्रेस नेता साउद द्वारा अक्षयकोष लाई आर्थिक सहयोग

काङ्ग्रेस नेता साउद द्वारा अक्षयकोष लाई आर्थिक सहयोग

चौरपाटी गाउँपालिका वडा न ३ निवासी
नेपाली कांग्रेसका अछाम क्षेत्र नम्बर १ प्रदेश सभा “क” का प्रदेश कार्यसमिति सदस्य एवं युवा नेता डिल्ली सिंह साउदले अक्षयकोष लाई आर्थिक सहयोग गरेका छन् ।

गगुडा निम्नमाध्यमिक बिधालयले स्थापना गरेको गगुडा नि मा बि अक्षयकोषमा नेता साउदल २१ हजार ४ सय ९९ रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकमको चेक बिधालय लाई हस्तान्तरण गरेका थिए

समाजसेवी साउदले विभिन्न खालका रचनात्मक कार्य हरु गर्दै आउनु भएको छ ।

अक्षयकोषको लागि गरिएको सहयोग रकम यस विद्यालयमा अध्ययनरत सम्पूर्ण गरिब , असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराई गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति उपयोग हुने साउदले बताए ।

साथै साउदले आमाबुबा , दाजुभाइ तथा दिदिबहिनीहरुले आफ्नो जन्मदिन , वैवाहिक वर्षगाँठ , आफ्ना आफन्तका स्मृति दिवस तथा विभिन्न अवसर पारी उक्तअक्षयकोषमा आफ्नो इच्छा अनुसार दान गर्न अपिल गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *