खेलकुद प्रशिक्षक बुढाको पहलमा भुलुका पहिरो पिडित बिष्टको परिवारलाई आर्थिक सहयोग

खेलकुद प्रशिक्षक बुढाको पहलमा भुलुका पहिरो पिडित बिष्टको परिवारलाई आर्थिक सहयोग

अछाम : अस्थायी तथा करार कर्मचारी हकहित मंच सुदूरपश्चीम प्रदेश उपाध्यक्ष तथा तुर्माखाद गाउँपालिका खेलकुद प्रशिक्षक कमल बहादुर बुढाको पहलमा वडा नं २ भुलुका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग गरिएको छ।

शनिबार बुढाले साउन ८ गते पहिरोबाट आफन्त गुमाएका तुर्माखाद गाउँपालिका २ भुलुका नैना बिष्ट र उज्ज्वल सिंह बिष्टलाई नगद १लाख ३७ हजार रुपैयाँ उनकै घरमा गएर हस्तान्तरण गरेका हुन ।

साउन ८ गते घर माथिबाट आएको पहिरोले घर पुर्दा ४२ बर्षिय हरिकला बिष्ट २५ बर्षका बिरेन्द्र बिष्ट र १५ बर्षका संविधान बिष्टको मृत्यु भएको थियोे ।

सहयोगी दाताको नामथर 
नारायण पाैड्याल रु २०००
कमल ढुङ्गाजा रु १५००
राम ब बाेहरा रु १५००
तुलाराम बुढा रु १५००

Leave a Reply

Your email address will not be published. Required fields are marked *