विनोद शाहीको हत्यामा संलग्न जो कोही लाई हदैसम्मको कारबाही गर्न काङ्ग्रेस अछामको माग

विनोद शाहीको हत्यामा संलग्न जो कोही लाई हदैसम्मको कारबाही गर्न काङ्ग्रेस अछामको माग

असार २१,अछाम: शाहीको मुत्यु प्रकरणमा संलग्न जो कोहि लाई कारबाही गर्न नेपाल काङ्ग्रेस अछामले माग गरेको छ ।

असार २० गते नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाह द्वारा एक बिज्ञप्ति जारी गर्दै बिनायक घटनाको सत्यतथ्य छानबिन गरि दोषी लाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको हो ।

बिज्ञप्तिमा भनिएको छ बिनोद शाहीको हत्यामा संलग्नता जो कसैको भएको भए पनि चाडो भन्दा चाडो दोषीलाई पत्ता लगाइ कडा भन्दा कडा कारबाही होस् भन्ने मान्यता नेपाली काङ्ग्रेस अछाम राख्दै आएको छ । यस्तो दु:खद घटना लाई राजनीति रंग दिइ घटनाको सत्यतथ्य छानबिनमा समेत अवरोध सृजना गर्ने,काल्पनिक र झुटा मुद्दा लगाउने , गलत नियतले भ्रम सृजना गर्ने,वास्तविक अपराधीलाई बचाउ गर्ने खाले नियत तथा नेपाली काङ्ग्रेसका कार्यकर्ता हरुलाइ बिना कारण झुटा मुद्दा लगाउने र गलत राजनीति नियतको नेपाली काङ्ग्रेस पार्टी अछाम घोर भत्सर्ना गर्दछ । बिनायक घटना संग सम्बन्धित कृयाकलाप हरुलाई
अनुसन्धान गर्न नदिइ मृतकको शरीरका कोषहरु नष्ट भए पश्चात् शव परिक्षण गर्न लगाउन सहमति जनाउँने र सडक बाट जबर्जस्ति निर्दोषहरुलाइ दोषी घोषणा गर्न लगाउने ,न्यायालय माथि बर्बर जंगली शैलीमा ढुङ्गा मुढा प्रहार गर्ने ,शान्ति सुरक्षामा खटिएका प्रहरी माथि अनाहकमा जाइ लाग्ने ,यात्रु हरुलाइ अवरोध शृजना गर्ने ,गाडीको साचो थुत्ने,

सार्वजनिक यातायात बन्द गर्ने गराउने ,अदालत लाइ दबाब दिने ,आम नागरिक हरु लाई सास्ती दिने ,हिंसात्मक,गुण्डागर्दी र पुर्वाग्रहि राजनितीको प्रतिशोध लाइ भण्डार एवं प्रतिकार गर्न नेपाली काङ्ग्रेस पार्टी अछाम सबैमा अनुरोध गर्दछ । साथै यस्तो अशोभनीय कृयाकलाप बाट हुन् जाने क्षतिको जिम्मा लिन आन्दोलनकारी हरुला सचेत र सजग रहन आग्रह गर्दछ । माथिका यी र यस्तो अमानवीय कृयाकलापको नेपाली काङ्ग्रेस पार्टी अछाम डटेर सामना गर्ने समेत चुनौती दिन चाहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *