साँफेबगरमा कृषीलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्न समन्वय प्रमुख कुवँरको आग्रह

साँफेबगरमा कृषीलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्न समन्वय प्रमुख कुवँरको आग्रह

अछाम । जिल्ला समन्वय सिमिती अछामका प्रमुख ललित बहादुर कुवँरले जनताका आवश्यक्ताका आधारमा बजेट बिनियोजित गर्न आग्रह गरेका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको साँफेबगर नगरपालिकाको दोश्रो नगर सभाको पहिलो अर्थात ९ आँै अधिबेशनमा प्रमुख अथिति रहेका कुवँरले जनताले अनुभुती गर्ने गरी बजेट बिनियोजित गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रमुख कुवँरले कृषीलाई पहिलो प्राथमिक्तामा कृषीलाई राखेर काम गर्न आग्रह गर्दै उनले बाँझो जग्गामा खेती गर्ने गरी योजना ल्याउन नगर प्रमखु सहित जनप्रतिनिधीलाई सुझाब दिएका छन् ।

नगरको सम्रग विकासका लागि जनप्रतिनिधी खटेर लाग्नुपर्ने र आफु त्यसका लागि सहयोग गर्न तत्पर रहेको उनले बताए । वडामा दिर्घकालिन रुपमा फाईदा पुग्ने योजना छनोट गर्न समेत उनले सुझाए ।

जनताको सेबक भएर काम गर्ने नगर प्रमुख कुवँरको उद्घोष

कार्यक्रममा नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले कृषीलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्ने बताए । युवा उद्यमी लगायतका क्षेत्रमा नगरपालिकाले काम गर्ने उनको भनाई थियो ।

आगामी ५ बर्षे कार्यकाल जनताको सेबक भएर काम गर्ने भन्दै नगर प्रमुख कुवँरले आवश्यक्ताका आधारमा विकासलाई अघि बढाउने योजना रहेको बताए । जनताको सेबक बनेर आफु नगरमा आएको भन्दै उनले जनताकै लागि रातदिन भनेर खटिने बताए ।

नगर उपप्रमुख शिब बहादुर कुवँरको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन नि. प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले गरेका थिए ।

Leave a Reply