बिनायक घट्ना प्रकरण : आन्दोलन जारी, प्रहरी प्रशासन भन्छ मृतकका आफन्त र स्थानियबाट अनुसन्धानमा सहयोग प्राप्त भएन

बिनायक घट्ना प्रकरण : आन्दोलन जारी, प्रहरी प्रशासन भन्छ मृतकका आफन्त र स्थानियबाट अनुसन्धानमा सहयोग प्राप्त भएन

अछाम : जिल्लाको चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी भन्दै मृतकका आफन्त र नगरका ४ दलले आन्दोलन जारी राखेका छन् । आन्दोलनको दोस्रो दिन उनिहरुले मोटरसाईकल यर्याली सहित जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरेका थिए ।

चरणबद्ध आन्दोलनको घोषणा गरेका पञ्चदेवल विनायक नगरपालिकाका ४ वटा राजनीतिक दल र आफन्तले प्रशासन अगाडी नाराबाजी गर्दै कोणसभा गरेका छन । हिजो पहिलो दिन विनायकमा र आज सदरमुकाम मंगलसेन केन्द्रीत गरेर प्रशासन घेराउ गरेका हुन् ।

कोणसभालाई अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र खडका, नेकपा (विप्लव) का सर्जन धामी, नेकपा एकीकृत समाजवादीका पारश शाही, नेकपा माओवादी केन्द्रका अमर बि.क र नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर ईन्चार्ज भिम बहादुर बिष्टले सम्बोधन गर्दै विनोदको हत्या भएको दाबी गर्दै किटानी जाहेरी दर्ता गरिएका व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरि अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए ।

आन्दोलनका कार्यक्रम अनुसार भोलि ४ गते जिल्ला प्रशासन कार्यालयमा अनसन सुरु गर्ने र ५ गते सिटी रयाली गर्ने कार्यक्रम गर्ने कार्यक्रम रहेको मृतकका दाई तथा नेकपा एमालेका नगर कमिटी सचिव बखत बहादुर शाहीले जानकारी दिएका छन् ।

विनोदको हत्या भएको दाबी गर्दै आफन्तहरूले बिभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दा समेत उनीहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै आफन्त सहित नगरपालिकाका ४ वटा राजनीतिक दलले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।

बिनायक घट्नाको अनुसन्धानमा स्थानिय र आफन्तको सहयोग भएन : प्रहरी प्रशासन ।

अछाम जिल्लाको प्रहरी प्रशासन भन्छ घट्नाको अनुसन्धान गर्दा जुन क्षेत्रमा घट्ना भएको त्यस क्षेत्रका सरोकारवाला, राजनितिक दल, समाजसेवी, मृतकका आफन्तले साथ दिए दोषी छिटो पत्ता लाग्ने भएपनि स्थानिय र मृतकका आफन्तकै साथ नपाएको बताएको छ । घट्नाको अनुसन्धानका लागि खटिएको सिआईबीको टोलीले आफन्त र स्थानियलाई घट्नाका बारेमा बुझ्न खोज्दा उनिहरुले केही कुरा पनि बोल्न नचाहेको बताएको छ ।

घट्नाको गहिराईमा पुग्न सबै पक्षका कुरा सुन्नु पर्ने हुन्छ तर मृतकका आफन्त नै मृतकको बारेमा बोल्न नचाहदाँ अनुसन्धानमा ढिलाई भईरहेको प्रहरीको भनाई छ । मृतकका आफन्त संग कुरा गर्न खोज्दा उनिहरु बोल्न नचाएको र त्यस क्षेत्रका अन्य बासिन्दाबाट समेत सहयोग नपाएको प्रहरी प्रशासनले जनाएको छ ।

मृतकका आफन्त र केही स्थानिय राजनितिक दलहरुले एकहोरो किटानी जाहेरी दिएकाहरुलाई पक्राउ गर्न मात्रै माग गरिरहेको प्रहरी प्रशासनको भनाई छ । जिल्ला प्रशासनको अगुवाईमा पटक पटक सर्वदलिय, सर्वपक्षिय बैठक आव्हान गर्दा पनि उनिहरु बैठकमा सहभागी नै नभएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यसअघि ३ पटक सम्म बैठक आव्हान गर्दा पनि पिडित पक्ष र केही राजनितिक दल बैठकमा सहभागी नभएको प्रशासनले बताएको छ । शुक्रबार पनि स्थानिय राजनितिक दलका प्रतिनिधी र मृतकका आफन्त लाई बैठकमा बोलाउदा समेत उनिहरु उपस्थित भएनन् । बैठकमा कांग्रेसका प्रतिनिधी र मानवअधिकारकर्मी मात्रै उपस्थित हुदाँ बैठक हुन सकेन् ।

मृतकका आफन्त र स्थानिय राजनितिक दल एमाले, माओवादी, समाजबादीका प्रतिनिधीहरुले किटानी जाहेरी गरेकाहरुलाई पक्राउ गरी अनुसन्धान गर्नु पर्ने तब मात्रै बैठकमा बस्ने अडान राख्दै आएका छन् । किटानी जाहेरी गरेक व्यक्तीलाई पक्राउ नगरेसम्म आफ्नो आन्दोलन जारी रहने कुरा बैठकमा आएर सुनाउदैँ उनिहरु फर्किएका थिए ।

यता जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामले घट्नाको अनुसन्धान भईरहेको जानकारी दिएको छ । सबै कोणबाट अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । बिष्टका अनुसार हालसम्म किटानी गरिएका मध्ये ५ जनालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ भने बाँकी अरुलाई पनि सोधी खोजी गरि अनुसन्धान गरिने उनले बताए ।

कार्यालय बन्द हुदाँ जनतालाई सास्ती भयो : निमित्त प्रमुख प्रशासकीय अधिकृत माझी ।

बिनायकको कालिका स्थानमा भएको घट्नाले गर्दा पञ्चदेवल बिनायक नगर कार्यपालिकाको कार्यालय १२ दिन देखि बन्द रहेको छ । कार्यालय बन्द हुदाँ सेवाग्राहीले निकै सास्ती भोग्नु परेको छ भने नगरबासीका व्यक्तीगत घट्नाका साथै दैनिक कामकाज समेत प्रभावित भएका छन् ।

असारको महिना बढी आर्थिकका काम हुने महिना भएपनि कार्यालय बन्द हुदाँ विकासे योजनाको भुक्तानी, अन्य कामहरुको भुक्तानी समेत हुन सकेको छैन् भने नयाँ आर्थिक बर्ष २०७९/८० को लागि छनोट गर्नुपर्ने योजना, निति तथा कार्यक्रम र बजेट समेत प्रभाबित हुने देखिएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताए ।

असार १० गते भित्र आगमी आर्थिक बर्षका लागि निति तथा कार्यक्रम संगै बजेट प्रस्तुत गरिसक्नु पर्ने बाध्यकारी नियम भएपनि कार्यालय बन्दले गर्दा सो काम समेत प्रभाबित हुन सक्ने अधिकृत माझीको भनाई छ ।

कार्यालय खुलाउने बिषयमा निर्वाचित वडाध्यक्ष संग सल्लाह गरेर यसको निकासका लागि पहल गर्ने उपप्रमुख हर्क बहादुर रावलले बताए । पहिले हामी छलफल गर्छौ त्यसपछि बिनायकका राजनितिक दलसंग समेत छलफल गरेर के कसरी यसको समाधान गर्न सकिन्छ त्यसमा पहल गर्ने उनको भनाई छ ।

बिनायक घट्नाको लागि सर्बदलिय बैठकको औचित्य छैन : अध्यक्ष बोहरा

नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बिनायक घट्नाको बारेमा किटानी जाहेरी आईसकेपछि सो आधारमा अनुसन्धान र छानबिन हुनुपर्ने बताएका छन् । घट्नामा दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने एमालेको धारणा रहेको बताए ।

अपराधी जो सुकै भएपनि कानुनी कठघरामा उभ्याउनु पर्ने र पिडितका परिवारले न्याय पाउनु पर्ने बताएका छन् ।

अध्यक्ष बोहराको भनाई

बिनायक घट्नालाई राजनितिक रंग दिन खोजियो : कांग्रेस सभापती शाह ।

नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहले बिनायक घट्नामा दोषी जो सुकै भएपनि कडा कारबाही हुनुपर्ने बताएका छन् । घट्नाका दोषी कोही उन्कन नहुने र घट्नाको अनुसन्धानको पाटोलाई सबै क्षेत्रबाट सहज बनाउनु पर्ने बताए ।

घट्नालाई राजनितिक रंग दिन खोजिएको आशंक व्यक्त गर्दै सभापती शाहले खुला रुपमा अनुसन्धान हुनु दिनुपर्ने र धमिलो पानीमा माछा मार्ने काम कोही कतैबाट हुन नहुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *