नेपाल किसान संघ अछामका अध्यक्ष कुवर द्धारा धन्यवाद ब्यक्त

नेपाल किसान संघ अछामका अध्यक्ष कुवर द्धारा धन्यवाद ब्यक्त

अछाम : नेपाल किसान संघ अछामका अध्यक्ष  एवं
जिल्ला समन्वय समिति अछामका प्रमुख
ललीत बहादुर कुवरले नेपाल किसान संघमा आवद्ध सम्पुर्ण दाजुभाई तथा दिदिबहिनी हरुलाई धन्यवाद ब्यक्त गरेकाछन ।

गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस पाटीलाई बिजयी गराउन अहोरात्र खटिनुभएका नेपाल किसान संघका सम्पुर्ण नेता कार्यकर्तालाई अध्यक्ष कुवरले धन्यवाद दिएका हुन् ।

स्थानियतहको निर्वाचनमा जसरी नेपाली कांग्रेस बहुमतका साथ बिजयी भएको छ त्यसैगरी आसन्न संघ र प्रदेशको निर्वाचनमा समेत पार्टीलाई बिजयी गराउन सक्रियका साथ लाग्न अपिल समेत गरेकाछन ।

सडक मिडिया संग कुरा गर्दै कुवरले नेपाल किसान संघ पार्टीको मेरुदण्डका रुपमा काम गर्दै आएको बताए । नेपाल किसान संघ जहीले पनि किसान दाजुभाईको पक्षमा आवाज उठाउदै आएको छ उनले भने । साथै कुवरले आफुलाई जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित गर्नुहुने नेपाली कांग्रेस बाट निर्वाचित पालिका प्रमुख,उपप्रमुख ,अध्यक्ष उपाध्यक्ष  र
अग्रज नेतागण हरुलाई समेत धन्यवाद दिएकाछन भने सम्पुर्ण नेपाली कांग्रेस बाट निर्वाचित बिभिन्न तहका जनप्रतिनिधि हरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *