काङ्ग्रेसको नेतृत्वमा तिनै तहको सरकार हुन्छ : सहमहामन्त्री पाण्डे

काङ्ग्रेसको नेतृत्वमा तिनै तहको सरकार हुन्छ : सहमहामन्त्री पाण्डे

नेपाल कम्युनिस्ट पार्टी मालेका बरिस्ठ नेता सहित विभिन्न पार्टी परित्याग गरि दुई दर्जन नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेकाछन ।

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको नवप्रवेशी हरुलाइ पार्टीमा स्वागत कार्यक्रममा  करिब ३२ वर्ष लामो कम्युनिस्ट आन्दोलनमा रहि काम गर्दै आफ्नो जिन्दगीको उर्जावान समय नेपाल कम्युनिस्ट पार्टीक लागि खर्चेर आफ्नो राजनीति यात्रालाई अघि बढाउदै आउनु भएका नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव एवं २०७० सालको संविधान सभाको निर्वाचनमा नेकपा मालेको तर्फबाट अछाम क्षेत्र नम्बर २ संविधान सभा सदस्य समानुपातिक उम्मेदवार  भुमिराज भण्डारी नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।

त्यस्तै कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित पुर्व वडा अध्यक्ष नरे भण्डारी,नेकपा एमालेका टेकराज भण्डारी ,बालाराम भण्डारी ,दाताराम भण्डारी ,चन्द्र भण्डारी शिव,बिन्द्रा भण्डारी ,नरेन्द्र भण्डारी लगायत २ दर्ज नेताकार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन ।

वडा सभापति गङ्गाराम भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस केन्द्रिय सहमहामन्त्री बद्री पाण्डेले २०७९ सालको निर्वाचनमा देशका तिनै तहका सरकारहरु काङ्ग्रेसको नेतृत्वमा हुने निश्चिति रहेको बताए । काङ्ग्रेसको नेतृत्वमा सरकार बनिसके पछी काङ्ग्रेसका तिनै तहका प्रतिनिधि हरुले सेवक भएर जनताको पक्षमा अनवरत रूपमा खटिनु पर्ने बताए ।
कम्युनिस्ट जस्तो तानाशाह , निरंकुश ब्यवहार शैली नेपाली काङ्ग्रेसमा नभएकोले आज तमाम नेताकार्यकर्ता हरु विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने लहर चलेको बताए ।
नेपाली जनताको पार्टी नेपाली काङ्ग्रेस नै भएकोले काङ्ग्रेस जहिले पनि जनता हितमा आवाज उठाउदै आएको बताए ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति पुष्प बहादुर शाहले

बैशाख ३० गते हुने निर्वाचनमा मंगलसेन नगरपालिकामा काङ्ग्रेसको जित सुनिश्चित देखेर नेकपा एमालेका कार्यकर्ताहरु अत्तालिएका बताए ।

नेकपा एमालेका नेताकार्यकर्ताहरुले गाउँगाउँमा छिरेर आर्थिक लगायत विभिन्न
प्रलोभनमा पारी सोझा साझा जनतालाई फसाइरहेको बताए ।

कार्यक्रममा अर्का बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस अछामका महासमिति सदस्य पदमराज अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य जनकराज भण्डारी , प्रदेश ख का सभापति रबिन्द्र शाही ,क्षेत्रीय काेषाध्यक्ष महेश बिक्रम शाह,सदस्य गोबिन्द सोप,नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष झपट राज ढुंगाना ,नेपाल निर्माण ब्यवसायी संघ अछामका अध्यक्ष तेज प्रसाद ढुंगाना ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना ,मंगलसेन नगरपालिका वडा नम्बर ५ का नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार पुर्ण प्रसाद भाट लगायतको उपस्तिथि रहेको थियोे ।  वडा नम्बर ६ वडा अध्यक्ष पदका उम्मेदवार हेमराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेपाली काङ्ग्रेस सुदुर पश्चिम् प्रदेश अधिवेशन प्रतिनिधि सुशील भण्डारीले गर्नु भएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *