सेवासुबिधाको रकमबाट बालबालिकालाई शैक्षिक सामाग्री बितरण

सेवासुबिधाको रकमबाट बालबालिकालाई शैक्षिक सामाग्री बितरण

अछाम : बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले अनाथ, असहाय तथा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।

निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार आफूले पाएको सेवा सुविधाको रकमबाट विद्यालयमा अध्ययनरत अनाथ, असहाय तथा विपन्न विद्यार्थीहरुलाई २ लाख ५० बराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन्।बुधवार बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नाका ७ वटा विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई एक हजार नगद, विद्यालय पोशाक, झोला, कापी बितरण गरेका हुन्।

उनले आफूले २०७४ सालको निर्वाचनको क्रममा अध्यक्ष भएपछि पाउने सेवा सुबिधाको रकम सबै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता अनुसार अनाथ, असहाय र बिपन्न बालबालिकाहरुलाई शैक्षिक समाग्री उपलब्ध गराएको बताए।

बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष बासु साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो ।

प्रमुख अतिथी बान्निगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झनक प्रसाद रेग्मी रहनुभएको थियो ।

‘अनाथ असहाय बालबालिका संग गाउँपालिका अध्यक्ष अभियान’ सुरुवात गरिएको कार्यक्रममा कार्यपालिका सदस्य केशर बिक, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अछामका उपाध्यक्ष गिता कुवर, गाउँ शिक्षा समितीका प्रकाश ताम्राकार, समाजसेबी ललित साउद, टेक बहादुर साउद, ज्योति लाईफ ईन्सोरेन्सका जिल्ला प्रबन्धक गणेश बहादुर साउद, बालक्लबका गंगा कठायत लगायतको गाउँपालिकामा कार्यरत कर्मचारी, शिक्षक, अबिभाबक, बिध्यार्थी लगायतको सहभागीता रहेको थियो ।

बिन्ध्याबासिनी माध्यामिक बिध्यालयका प्रधानाध्यापक निर्प बहादुर रावतको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन शिक्षक समसेर सिहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *