अछामको सबैभन्दा बिकट तुर्माखादमा पहिलो पटक पुग्यो बिजुली : बिजुलि पुग्दा स्थानीयमा उत्साह

अछामको सबैभन्दा बिकट तुर्माखादमा पहिलो पटक पुग्यो बिजुली : बिजुलि पुग्दा स्थानीयमा उत्साह

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँरले विकासको प्रमुख मेरुदण्ड भनेको विद्युत्त भएको बताउनु भएको छ । विद्युत्त बिना कुनैपनी काम सम्भव नभएकाले विद्युत्त पुगेको ठाउमा विकास निर्माणका हरे कामले तिब्रता पाउने बताउनुभयो । भौगोलिक रुपमा सबैभन्दा विकट मानिएको अछामको तुर्माखाद गाउँपालिकामा विद्युतको राष्ट्रिय प्रशारण लाईन पुगेपछि आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख कुवरले तुर्माखाद गाउँपालिकाले अब थप विकासमा फट्को मार्ने बताउनुभयो । विद्युतले स्थानीय स्तरमा विभिन्न खालका साना तथा ठुलो उद्योगहरु संचालन हुने विश्वाश ब्यक्त गर्नुभएको छ । विद्युतले पालिकाका हरेक नागरिकको दैनिक जिवनमा ठुलो प्रभाव पार्ने भएकाले ढिलै भएपनी पालिकाको केन्द्रमा विधुत विस्तार भएकाले अब चाडै पालिकाका ८ वटै वडामा विस्तार गर्न सुझाव दिनुभएको छ । गाउँमा विधुत पुगेपछि स्थानीयमा उत्साह थपीएकाले स्थानीयले पनि विधुतको सहिसदुयोग गर्दै आफ्नो दैनिकीमा परिवर्तन ल्याउने खालका गतिविधि गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका उप प्रमुख टोप बहादुर रावलले भौगाृलिक रुपमा विकट मानिएको तुर्माखाद अब विकट नभएको बताउनुभयो । पालिकामा शिक्षा, स्वास्थ्य, सडक र विधुत विस्तारको कार्य तिब्र रुपमा भएकाले अब पालिकाले विकासमा फट्को मार्ने उहाको भनाई छ । विधुत गाउमा पुगेपछि विभिन्न खालका चुनौतीहरु पनि हुने भएकाले यस तर्फ ध्यान दिनुपर्ने भन्दै यसका लागि पालिकाले पनि समयमै सचेतना फैलाउनुपर्नेमा जोड दिनुभएको छ । विधुत विस्तार भएपछि पालिकाका हरेक नागरिकलाई आर्थिक भार थपीने भएकाले पालिका भित्रका नागरिकले आय आर्जनका गतिविधिलाई अगाडी बढाउनुपर्ने उप प्रमुख रावलले सुझाव दिनुभएको छ । तुर्माखाद गाउँपालिका अध्यक्ष पुस्पराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा  बोल्दै अध्यक्ष शर्माले आफ्नो गाउँपालिकाका नागरिकहरुको माझ चुनावताका समयमा जनाएका “प्रतिबद्धता पूरा गर्न दिनरात नभनि खटिरहेको बताए । उनले भने, “सबै ठाउँमा बिजुली बाल्न नसके पनि गाउँपालिकामा पहिलो पटक बिजुली बलेको छ, बाँकी वडा हरुमा तत्कालै बिजुली बाल्ने योजना रहेकोे बताए ।

सदरमुकाम बाट निकै लामो दुरि , दुर्गम र भौगोलिक विकटताका कारण बिजुली पुर्याउन समय लागेको बताए ।

 

अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासीनीले पालीकामा विधुत विस्तार गर्ने अभियानमा रातदिन अवरात्र खटीने कर्मचारीलाई धन्यवाद दिदै अब चाडै अन्य वडामा पनि विस्तार गरेर लैजान सुझाव दिनुभएको छ । विधुत विस्तार संगै पालिकामा अब अन्य साना तथा ठुला उद्योगहरु संचालन हुने प्रमुख जिल्ला अधिकारी मरासीनीको विश्वाश छ । उहाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सफल पार्न हरेक नागरिकले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभएको छ । स्थानीय चुनावममा विभिन्न खालका अपराधजन्य घट्नालाई सफल पार्न हरेक नागरिकले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गर्नुभएको छ । स्थानीय चुनावममा विभिन्न खालका अपराधजन्य घट्नाहरु घट्ने भएकाले यस तर्फ सजक भई चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुझाव दिनुभएको छ ।स्थानीय स्तरमा दाजुभाई विच झै झगडा हुदा समाजलाई नै घाटा हुने भएकाले योग्य र समाजमा विकास गर्न सक्ने ब्यक्तिलाई मतदान गर्न उहाको सुझाव थियो । चुनावलाई शान्तीपूर्ण वातारणमा समपन्न गर्न हरेक दल तथा नागरिकले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । केन्द्रिय विद्युत प्रशारण लाईन उद्घाटन कार्यक्रममा सहभागी स्थानीय नागरिहरुले आफ्नो पालिकामा विधुत विस्तार भएपछि निकै खुसी ब्यक्त गरेका छन । जिल्लाको सबैभन्दा विकट मानीएको पालीकामा विधुत पुगेपछि अब चाडै अरु वडाहरुमा पनि धमाधम विधुत विस्तार गर्नुपर्ने माग गरेका छन । पालिकाले पालिकाको केन्द्र सम्म विधुत बिस्तार गरेर उदारणीय काम गरेकाले अब यसलाई ग्रामीण क्षेत्रमा विस्तार गरेर लैजान अनुरोध गरेका छन । सोलार,टुक्की र झरो बाल्ने दिनको अन्त्य भएको भन्दै त्यस क्षेत्रका नागरिकले अब विगता दुख्खका दिनहरु अन्त्य हुनेमा विश्वाश ब्यक्तगरेका छन । अब अध्यारोमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको र आफ्नो दैनिक कामकाज गर्नपनि सजिलो भएको तुर्माखाद गाउँपालिकाका वडा न ४ की शान्ती बुढाले खुसी ब्यक्त गर्नुभएको छ । घरमा सधै अध्यारोले गर्दा दैनिक कामकाज गर्न समस्या थियो अब भने छोराछोरीलाई पनि पढ्न लेख्न सजिलो भएको बुढाको भनाई छ । यस्तै तुर्माखाद गाउँपालिका वडा न ३ का रण बहादुर बुढापनी आफ्नो गाउमा विधुत विस्तार हुने भएपछि खुसीले सीमानै नरहेको बताउनु भएको छ । आफुले कल्पना नगरेको कुरा गाउँमा विधुत पुग्ने भएपछी आफुजस्ता अन्य  दाजुभाईहरु पनि निकै खुसी भएका बुढाले बताउनुभयो । विधुत प्रशारण लाई विस्तार कार्यक्रममा अछामका प्रहरी प्रमुख रविराज थपलीया, नेकपा एमालेका गोमती शाही, नेपाली काग्रेसका नवराज चलाउने, माओवादी केन्द्रका ज्वरा सिं बिष्ट, नेपाल मजदुर किसान पार्टीका बिरेन्द्र शाही, पालिकाका ८ वटै वडाका वडा अध्यक्ष राप्रपाका दिनेश शाही, पूर्व जनप्रतिनिधि बिष्णु बहादुर शाही, कर्ण बहादुर बुढा, कार्यपालिका सदस्य दमन घर्ती लगायतले मन्तब्य राख्नु भएको थियो । गाउँपालिका उपाध्यक्ष अमृता बुढाले कार्यक्रममा स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा तुर्माखाद गाउँपालिकाका स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *