नेपाली काङ्ग्रेस दर्नामा पानीखाल टोल कार्यसमिति गठन

नेपाली काङ्ग्रेस दर्नामा पानीखाल टोल कार्यसमिति गठन

नेपाली काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस बान्निगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको पानीखाल टोलमा टोल कार्यसमिति गठन गरिएको छ।

राजेन्द्र साउदको सभापतित्वमा भएको एक भेलाले हिमाल साउदको सभापतित्वमा ४१ जनाको टोल कार्यसमिति गठन गरिएको हो ।उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व जिल्ला कार्यसमिति सचीव टेक बहादुर साउद रहनुभएको थियो । प्रमुख अतिथि साउदले नेपाली काङ्ग्रेस सदैव जनताको साथमा रहेको र जनताको पिर मर्का बुझी अघि बढेको बताउनुभयो । साथै उहाँले बान्निगढीमा जयगड गाउँपालिकामा
पुनः नेपाली काङ्ग्रेसको सरकार हुनेमा आफु ढुक्क रहेको र जनतालाइ पनि ढुक्क रहन आग्रह गर्नु भएको छ।

कार्यक्रममा विशिष्ट अतिथि
जिल्ला कार्यसमिति सदस्य पदम शाह रहनु भएको थियोे । कार्यक्रममा
प्रदेश प्रतिनिधि मोहन प्रसाद उपाध्याय ,क्षेत्रीय सदस्य: शंकर शाह,
टेक बहादुर साउद,गाउँकार्यसमितिका उपसभापति दिपक शाह, सचिव केसर बि क,तरुण दलका नेता पदम साउद,पुर्ब वार्ड उप-सभापति ,भारती साउद
लगायतको उपस्तिथि रहेको थियो ।

उक्त कार्यक्रमको संचालन
पार्टी सचीव भरत शाहले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *