कम्युनिस्ट हरुले जनताको माझ गएर भ्रमको खेती गरिरहेका छन काङ्ग्रेस केन्द्रिय सदस्य:राना

कम्युनिस्ट हरुले जनताको माझ गएर भ्रमको खेती गरिरहेका छन काङ्ग्रेस केन्द्रिय सदस्य:राना

नेपाली काङ्ग्रेसको घर घर जाँउ काङ्ग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको आयोजनामा बिशाल आमसभा कार्यक्रम तुर्माखादमा सम्पन्न भएको छ ।

तुर्माखाद गाउँकार्यसमितिका सभापति कबिराम बयकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य सीता राना रहनु भएको थियो ।

प्रमुख अतिथि रानाले स्थानीय तहको चुनावको मिति घोषणा भएसंगै गाउँ गाउँमा गएर कम्युनिस्ट हरुले जनता माझ विभिन्न भ्रम हरु छरिरहेकाले त्यस्ता भ्रमको पछी नपर्न आग्रह गर्नुभयो ।

नेपाली जनता र देशको पार्टी नेपाली काङ्ग्रेस मात्रै भएकोले काङ्ग्रेसका  विभिन्न तह र तप्काका सम्पुर्ण नेता कार्यकर्ताहरुले एकताबद्ध तरिकाले अघि बढ्न पर्ने बताउनु भयो । काङ्ग्रेस पार्टीले जहिले पनि मुलुकका हितका लागी काम गर्दै आएकोले हरेक समस्या र अफ्ट्यारो परिस्थितिमा काङ्ग्रेस सडकमा आएर लड्ने गरेको बताइन ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै जिल्ला पार्टी सभापति पुष्प बहादुर शाहले मुलुकलाई निकास दिने एउटै पार्टी नेपाली काङ्ग्रेस भएकोले हिजोका दिनमा परिवर्तनका लागि ठूल ठुला आन्दोलन हरुमा अग्रमोर्चामा काङ्ग्रेस होमिदै आएको  बताए ।

आसन्न बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा अछामका १० वटै पालिका हरुमा काङ्ग्रेसको चारतारे झण्डा फहराउदै काङ्ग्रेस लाई बिजयी  गताउनका लागी हातमा हात काधमा काध मिलाएर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सहमहामन्त्री अम्बिका चलाउने ,पुर्व सांसद अक्कल बहादुर बिस्ट रहनु भएको थियोे ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित ,धन बहादुर शाह पार्टी उपसभापती चन्द्र प्रसाद ढुंगाना ,नयाँराम बजगाइ,
महासमिति सदस्य बलबहादुर कुवर,पदमराज अधिकारी,गणेश बिस्ट,सुरत बिष्ट ,ओम प्रकाश बिष्ट ,मानबहादुर शाही,कमल बिक,अन्जु मल्ल,भुमिशरण बजगाइ,क्षेत्रीय सभापति पुष्पराज शर्मा ,महाधिवेशन प्रतिनिधि यज्ञ ढकाल ,नमबहादुर शाहि,नवराज चलाउने ,राम बहादुर शाही ,बेलु साउद,पुर्णा शाह,पार्टी सचिव प्रकाश साउद,पार्टी सहसचिव गोबिन्द बिस्ट,दिनेश स्वार,प्रदेश (क) का सभापति तारा प्रसाद खनाल ,नेपाल प्रेस युनियन अछामका सचिव  सुशील भण्डारी ,नेपाल महिला संघका उपाध्यक्ष अमृता बुढा,नेपाल सास्कृतिक संघ अछामका अध्यक्ष जनक कार्की लगायतका नेताकार्यकर्ताको उपस्थित रहेकोे थियो ।

प्रताप बहादुर शाहिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको
संचालन काङ्ग्रेस नेता दमन घर्तीले गर्नुभएको काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य जनकराज भण्डारीले जानकारी दिए ।

साथै कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित वडा सदस्य अम्बरे कामी,नेकपा एमाले संगठन कमिटी सदस्य  पद्मे कामी ,टेक बहादुर बुढा नेकपा माओवादीका नेता कृष्ण प्रसाद जैसी लगायत गाउँपालिकाका विभिन्न वडा बाट एमाले र माओवादीका १२० जना  बढी कार्यकर्ताहरु नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस पार्टीको बिचार र सिद्धान्त मन परेको र आफ्नो भविष्य काङ्ग्रेस पार्टीमा भएको भन्दै काङ्ग्रेस प्रवेश भएको नव प्रवेशी हरुले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *