पार्टीको भविष्य सम्पूर्ण कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्ने :उपसभापति ढुंगाना

पार्टीको भविष्य सम्पूर्ण कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्ने :उपसभापति ढुंगाना

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ५ को बैठक सम्पन्न भएको छ ।

वडा कार्यसमितिका सभापति प्रेम प्रसाद भाटको सभापतित्वमा भएको बैठकले पार्टीको बिधान बमोजिम पिपलतोली ,पानीमुल सहकारी टोल कार्यसमिति गठन गरिएको छ । कुस्माखर ढुंगानको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

जसको उपसभापतिमा बिष्णा देबि ढुंगाना ,सचीव डण्डी प्रसाद ढुंगाना ,सहसचिव कृपाराम ढुंगाना लगायत सदस्यीय रहेकाछन ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगाना रहनु भएको थियो ।  प्रमुख अतिथि ढुंगानाले

जिल्लाभर कांग्रेस जनतासंग प्रत्यक्ष जोडिएर नेपाली कांग्रेस टोलटोलबाट वलियो भएर स्थानीय तह ,प्रदेश र केन्द्र कब्जा गर्न सक्षम हुने बताए ।

काँग्रेस टोल टोलमा पुग्दा जनतामा खुशी छाएको उहाँले बताउनुभयो । उहाँले पार्टीको भविष्य सम्पूर्ण कार्यकर्ताको काँधमा रहेकाले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । काँग्रेसले मात्रै जनताको हित गर्ने उल्लेख गर्नुभयो । उहाँले मुलुक र जनताको भविष्यका लागि काँग्रेसलाई साथ दिन आग्रह गर्नुभयो ।नेपाली कांग्रेसलाई मजवुत वनाउन टोलको बलियो हात हुने बताए  ।

नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुत  रहेकाले संगठनलाई सकृय बनाउने योजना रहेको ढुंगानाले बताउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि महासमिति सदस्य अन्जु मल्ल रहनु  भएको थियो ।

कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य मिना ढुंगाना ,सरिता बिक,पुर्व जिल्ला कार्यसमिति सदस्य पुर्ण भाट, वडा नम्बर  ५ का वडा अध्यक्ष हरि प्रसाद ढुंगाना ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना नेपाल काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (ख) का उपसभापति रामचन्द्र ढुंगाना  ,किसान संघका कार्यवाहक अध्यक्ष सहदेव ढुंगाना , काङ्ग्रेस युवा नेता वसन्त भाट,प्रदेश अधिवेशन प्रतिनिधि अमृता उपाध्याय लगायतको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *