कांग्रेसलाई मजवुत वनाउन टोलको बलियो हात हुन्छ :उपसभापति ढुंगाना

कांग्रेसलाई मजवुत वनाउन टोलको बलियो हात हुन्छ :उपसभापति ढुंगाना

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ५ को खुल्ले तोलामा पार्टीको बिधान बमोजिम टोल कार्यसमिती गठन  गरिएको छ ।

वडा कार्यसमितिका सभापति प्रेम प्रसाद भाटको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पार्टी उपसभापति चन्द्र प्रसाद ढुंगाना रहनु भएको थियो । प्रमुख अतिथि ढुंगानाले नेपाली कांग्रेसलाई मजवुत वनाउन टोलको बलियो हात हुने बताए ।

नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाले संगठनलाई सकृय बनाउने योजना रहेको ढुंगानाले बताउनुभयो । आगामि वैशाख महिनामा हुने स्थानिय चुनाबको तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उहाँको भनाई थियो ।

कार्यक्रमको विशिष्ट अतिथि महासमिति सदस्य अन्जु मल्ल रहनु भएको थियो ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद ढुंगाना ,जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष यज्ञराज ढुंगाना नेपाल काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश (ख) का उपसभापति रामचन्द्र ढुंगाना ,प्रदेश अधिवेशन प्रतिनिधि अमृता उपाध्याय लगायतको उपस्तिथि रहेकोे थियो । कार्यक्रममा सुर्य प्रसाद ढुंगानाको सभापतित्वमा ४७ सदस्यीय टोल कार्यसमिति गठन गरिएको हो ।
जसको उपसभापतिमा हस्तना ढुंगाना सचीव मेनुका ढुंगाना लगायत सदस्य ४७ सदस्यीय कार्यसमिति रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *