कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।

कांग्रेस अछाम : यि हुन् पदाधिकारीमा बिजयी उम्मेद्धार ।

अछाम । नेपाली कांग्रेस अछामको पदाधिकारीको मतगणना सकिएको छ । उपभासपती पदमा चन्द्र प्रसाद ढुंगानाले ६ सय ८८ र नयाँराम बजगाँईले ५ सय ३७ मत सहित जित हासिल गरे ।

उपसभापती पदमा टेक बहादुर साँउद, धन बहादुर शाह र ललित बहादुर कुवँर पनि प्रतिष्पर्धामा थिए ।

सचिवमा टक्कर बहादुर शाह ६ सय ५६ र प्रकाश बहादुर साँउद ४ सय ७८ मत सहित बिजयी भए । सचिवका लागि अनिल बहादुर बिष्ट, नरेन्द्र कुवँर, पुष्प बिष्ट र सुरत बुढथापा पनि प्रतिष्पर्धामा थिए ।

यस्तै सहसचिव २ जनामा गोविन्द बहादुर बिष्ट ६ सय ८२ र दिनेश कुमार स्वाँर ५ सय ८२ मत सहित बिजयी भएका छन् । सहसचिवमा खगेन्द्र खड्का, ललित साँउद र हिक्मत बहादुर धामी पनि प्रतिष्पर्धामा थिए ।

सभापति सहित ७ जना पदाधिकारी पदका लागि १९ जनाको उम्मेद्धारी परेको थियो । बाँकी जिल्ला कार्य समिती सदस्य र महासमिती सदस्य पदको मत गणना आज हुने निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *