अछाम कांग्रेसको सभापतिमा कुँवरको समर्थन स्वारलाई

अछाम कांग्रेसको सभापतिमा कुँवरको समर्थन स्वारलाई

नेपाली कांग्रेस अछामको सभापति पदमा राजन कुँवरको टिमले भरतकुमार स्वारलाई समर्थन गर्ने निर्णय गरेको छ। जिल्ला अधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा कुँवर टिमले स्वारलाई समर्थन गर्ने निर्णय गरेको हो। दोस्रो चरणको मतदानमा कुँवर टिमले स्वारलाई समर्थन गर्ने निर्णय भएको महाधिवेशन प्रतिनिधि कृष्ण कुँवरले जानकारी दिए। सभापति पदका लागि भोलि बिहान ८ बजे देखि पुन: मतदान हुने निर्वाचन समितिले जनाएको छ। हिजो भएको निर्वाचनमा तीन वटै उम्मेद्वार कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। पहिलो चरणको मतदानमा सभापति पदका उम्मेद्वार पुष्पबहादुर शाहले ६९५, स्वारले ५७३ र कुँवरले १५६ मत प्राप्त गरेका थिए। स्वार वर्तमान सभापति हुन भने शाह पूर्व सभापति हुन्। क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा ढिलाई भएपछि जिल्ला अधिवेशन निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *