कांग्रेस अछाम जिल्ला अधिबेशन : यस्तो छ निर्वाचन कार्यतालिका

कांग्रेस अछाम जिल्ला अधिबेशन : यस्तो छ निर्वाचन कार्यतालिका

अछाम । अन्तत नेपाली कांग्रेस अछामको जिल अधिबेशन शनिबार हुने भएको छ । लामो समय देखि बिधिध कारणले हुन नसकी रोकिउको अधिबेशनको २० गते उद्घाटन र २१ गते निर्वाचन हुने भएको हो ।

सोही बमोजिम निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन अधिकृत मातृका प्रसाद भण्डारीका अनुसार २० गते बिहान ८ बजेबाट प्रक्रिया सुरु हुनेछ ।

८ बजे मतदाता नामावली प्रकाशन प्रक्रिया सुरु भएर २० गते दिउसो ३ बजे उम्मेद्धवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।

मतदान भने २१ गते बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म हुनेछ । मतदानका लागि क्षेत्रगत स्थल कायम गरिएको छ ।

जसमा क्षेत्र नं. १ का लागि जिल्ला समन्वय समितीको हल र क्षेत्र नं. २ का लागि जिल्ला समन्वय समितीको कार्यालयको प्रांगण तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *