तुर्माखाद गा•पा मा संचालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५८४ जनाले सेवा लिए

तुर्माखाद गा•पा मा संचालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ५८४ जनाले सेवा लिए

तुर्माखाद गाउँपालिकामा संचालित निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरको एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा भएको १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता बुढा , वडा नम्बर ४ जा अध्यक्ष कबिराम बयक,वडा नम्बर ७ का अध्यक्ष रतन चलाउने, निमित्त प्रमुख प्रशासकिय प्रेम बुढा ,जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय अछामका प्रमुख दिपकराज पन्त ,आयुवेत्स चिकित्सक श्रद्धा पौडेल ,प्रिती भट्ट ,तुर्माखाद गाउँपालिकाबस्वास्थ्य संयोजक एकेन्द्र बयक लगायतको उपस्तिथि रहेकोे थियो

निशुल्क स्वास्थ परिक्षण गरिएको शिबिरमा करिब ५८४ जना भन्दा बढी ले स्वास्थ परिक्षण गराएका थिए उक्त शिबिरमा ग्यास्टिक,स्वासप्रस्वास ,पाइल्स, मधुमेह ,नाककान घाँटी जस्ता रोग हरुको निशुल्क परिक्षण तथा निशुल्क आर्युबेदिक औषधि बितरण गरिएको थियोे । सेवा लिनेमा ३९१ जना महिला र पुरुष १९३ जना रहेका बैध खडक बहादुर बमले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शर्माले आर्युवेद उपचार प्रति ढुक्क भएर बिश्वास गर्न समेत स्थानीयलाई आग्रह गरे ।यो शिबिर सन्चालन बाट स्थानीय हरु निकै नै उत्साहित भएको अध्यक्ष शर्माले बताएका छन।

तेस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछामका प्रमुख दिपकराज पन्तले स्वास्थ्यको पहुच नपुगेका स्थानीयलाई गाउँमै सुविधा दिने र गाँउघरमै पाईने जडिबुटीको महत्वलाई गाँउ तहमा बुझाउने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *