निजामती कर्मचारी युनियन केन्द्रिय सदस्यमा भाटको उम्मेदवारी घोषणा !

निजामती कर्मचारी युनियन केन्द्रिय सदस्यमा भाटको उम्मेदवारी घोषणा !

कोभिडको संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन फागुन २१ देखि २३ गतेसम्म हुने गरी नयाँ मिति तय भएसँगै कर्मचारी वृत्तमा सरगर्मी बढेको छ । जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच कर्मचारी युनियन अछामका महाधिवेशन प्रतिनिधि  राजेन्द्र भाटले  सुदुर पश्चिम् प्रदेश तर्फबाट युनियनको केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

ढकारी गाउँपालिका अछामका लेखा  अधिकृत समेत रहेका भाट निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै आएकाछन।

पेशागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सदस्य  पदको जिम्मेवारी लिन खोजेको उनले बताए । साथै आफुलाइ बिजयी गराउन सम्पुर्ण महाधिवेशन प्रतिनिधि हरुलाइ अपिल समेत गरेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *